नारायणी किनारलाई ‘सी बीच’ मोडलमा विकास गरिदै, ६ करोडको टेण्डर आह्वान चितवन,मंसिर २४

चितवनको नारायणी नदी किनारलाई ‘सी बीच’ मोडलको रुपमा विकास गरिने भएको छ । भरतपुर महानगरपालिकाको गौरबको योजनाको रुपमा नदी किनारलाई विकास गर्न लागिएको हो । महानगरपालिकाले निर्माण गरेको गुरुयोजना अनुसार पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले प्रारम्भिक चरणको कामका लागि आज (बुधबार) टेण्डर आब्हान गरेको छ । डेढ बर्षभित्र काम सम्पन्न गर्ने योजनाका साथ करिब ६ करोडको टेण्डर आब्हान गरिएको विभागका इन्जीनियर सचिन्द्र यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘२४ सय मिटर पैदल मार्ग, दुई ठाँउमा पार्किङ स्थल र गार्डेनिङको काम प्रारम्भिक चरणमा हुनेछ ।’

भरतपुर महानगरपालिकाले २३ करोडको लागत सहितको गुरुयोजना निर्माण गरिसकेको छ । ग्रिट कन्सल्टले निर्माण गरेको गुरुयोजना महानगरपालिकाबाट स्वीकृत भइसकेको महानगरपालिकाकी इन्जिनियर अस्मिता खनालले बताउनुभयो । गुरुयोजनामा तटबन्धन सहितका योजनाहरु समावेश गरिएको छ ।

महानगरपालिकाले पनि आन्तरिक स्रोतबाट बजेट विनियोजन गरेर काम अघि बढाएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले नारायणीलाई आकर्षक पर्यटकिय स्थलको रुपमा विकास गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘महानगरपालिकामा निर्वाचित भएर आएपश्चात नै यो योजनालाई सफल बनाउनुपर्छ भन्ने लागेको थियो, अव निर्माणको चरणमा प्रवेश गरेका छौं ।’ गुरुयोजना अनुसार काम सम्पन्न भएपछि भरतपुरमा लाखौ पर्यटकहरु भित्रने उहाँले बताउनुभयो । उहाँले समयमै गुणस्तरिय काम गर्नका लागि महानगरपालिकाको तर्फबाट निरन्तर अनुगमन गरिने बताउनुभयो । गतबर्ष महानगरपालिकाले करिब १ करोडको लागतमा नदी किनारमा टायल बिछ्याउने काम गरिसकेको छ । नारायणी नदी किनारमा घुम्न जानेहरुको दैनिक घुँइचो लाग्ने गर्छ ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…