इजरायली अन्तरिक्ष विशेषज्ञको दाबी : मंगल ग्रहमा एलियनको अखडा, ट्रम्प पनि जानकार !

काठमाडौं । इजरायलका अन्तरिक्ष सुरक्षा कार्यक्रमका पूर्वप्रमुख हैम इशेदले ब्रह्माण्डमा एलियनको अस्तित्व रहेको दाबी गरेका छन् । उनले एलियनको अस्तित्व रहेकोमात्र होइन, उनीहरुको सम्पर्क अमेरिका र इजरायलसँग रहेको दावी पनि गरेका छन् ।

गत शुक्रबार हिब्रु भाषाको एक इजरायली अखबारमा प्रकाशित अन्तरवार्तामा उनले यस्तो दावी गरेका हुन् । अङ्ग्रेजी भाषाको ‘येरुसेलम पोस्ट’मा मंगलबार उक्त अन्तरवार्ताको अनुवाद प्रकाशित भएपछि यसले ठुलो चर्चा पाएको हो ।

इशेदले यो तथ्यलाई तत्काल मानव समाजले स्वीकार गर्न नसक्ने भएकै कारण अहिलेसम्म गोप्य नै राखिएको बताएका छन् । करिब तीन दशकसम्म इजरायलको अन्तरिक्ष सुरक्षा कार्यक्रमलाई सम्हालेका उनले एलियनहरुले ‘गालेक्टिक फेडरेसन’ नै बनाएको र त्यसमार्फत अमेरिकासँग गोप्य सम्झौता भएको दाबी पनि गरेका छन् । सोही सम्झौताअन्तर्गत मंगल ग्रहमा एउटा अखडा सञ्चालन भएको र त्यहाँ अमेरिकी अन्तरिक्षयात्री पनि मौजुद रहेको उनको भनाइ छ ।

इशेदका अनुसार यो तथ्यसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राम्रो जानकारी छ । ट्रम्पले एलियनको अस्तित्वबारे खुलासाको तयारी गरिरहेकै समयमा एलियनहरुले नै त्यसो नगर्न दबाब दिएको इशेदको भनाइ छ । उनका अनुसार एलियनले अन्तरिक्ष र अन्तरिक्षयानका बारेमा जानकारी विकसित नहुन्जेलसम्म सार्वजनिक नहुने निर्णय गरेका छन् ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…