अन्य देशहरुले पनि नेपाल र चीनले जस्तै सहकार्य गरे कोभिड–१९ पराजित हुन्छ : चीन

२४ मंसिर, काठमाडौं । चीनले मंगलबार घोषणा गरिएको सगरमाथाको नयाँ उचाइ नेपाल–चीन सम्बन्धको नयाँ माइलस्टोन भएको प्रतिक्रिया दिएको छ ।

उचाइ घोषणा भएको एक दिनपछि चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता झाओ लिजानले संसार नै कोरोना भाइरसले अति प्रभावित भइरहेको समयमा सगरमाथाको नयाँ उचाइको समाचारले नयाँ आशाको संचार गरेको समेत बताए ।

उनले भने,‘नेपाली पक्षले उल्लेख गरेझै हाम्रो मित्रवत सम्बन्ध हिउँजस्तै पवित्र र हिमालजस्तै विशाल रुपमा विकास हुनेछ । ’ उनले अनेकौं प्रतिकुलताका बाबजुद पनि दुवै पक्षले विगत एक वर्षमा गरेको कठिन कामको प्रतिफलको रुपमा नयाँ उचाई घोषणा भएको समेत बताए ।

उनले अगाडि भने,‘ चिनियाँ पक्ष इकोलोजी र वातावरणको संरक्षणलाई सुदृढ बनाउन र अन्य अनुसन्धानका लागि नेपालसँग सहकार्य गर्न तयार छ । यो अमूल्य सम्पत्ति र दुवै देशका जनताले शेयर गरेको होमल्याण्डको रक्षाका लागि सहकार्य गर्न तयार छौ ।’

प्रवक्ता लिजानले सगरमाथाको नयाँ उचाइ मानवीयताको नयाँ उचाइ भएको समेत टिप्‍पणी गरे । उनले अगाडि भने, ‘कोभिड–१९ ले अझै पनि भयावह अवस्था सिर्जना गरिरहेको छ । मुलुकहरुले नेपाल र चीनको जस्तै राम्रो विश्वासका साथ सहकार्य गर्ने हो भने हामी भाइरसलाई पराजित गर्नेछौं ।’

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…