नेकपा सरकार आएपछि विकासले फड्को मारेको हो : मुख्यमन्त्री पोखरेल

गुल्मी । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले देशमा कम्युनिष्ट पार्टी (नेकपा)को सरकार आइसकेपछि विकास निर्माणका कामले फड्को मारेको दाबी गरेका छन्।

रुरु धार्मिक तथा पर्यटकीय क्षेत्र रिडी धाममा रिडी खोला तथा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको मंगलबार शिलान्यास गर्दै मन्त्री पोखरेलले राम्रा कामहरु देख्न नसक्नेले केही भएन भनेर हल्ला मच्चाएको आरोप लगाए।

सरकारले गरेका राम्रा कामलाई उल्लेख पनि गर्न नचाहने केही शक्ति लागेका भन्दै तथ्यमा आधारित भएर बोल्नसमेत उनले आग्रह गरे।

प्रदेश सरकार प्रदेशका नागरिकहरुलाई समृद्ध बनाउन लागिपरेको भन्दै प्रदेशले विभिन्न योजना बनाएको उनले बताए। प्रदेश सरकारले व्यावसायिक रुपमा उद्यम गर्नेहरुका लागि ब्याजमा अनुदान दिने योजना ल्याएको बताए। त्यसका लागि दीर्घकालीन रुपमा व्यवसाय गर्न पनि प्रदेशका नागरिकहरुलाई उनले आग्रह गरे।

यस्तै लुम्बिनी प्रदेशका उद्योग ,पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार साथमै रहेको बताए।

केन्द्र सरकार र प्रदेश सरकारको समपूरक कोषमार्फत २०७६/७७ मा बोलपत्र गरी ३४ करोड २० लाख ६० हजार ६३९ रुपैयाँ ६९ पैसामा भूतथा जलाधार व्यवस्थापन कार्यालय पाल्पा र सगुन शर्मा जेभी बुटवलबीच सम्झौता भएको हो।

२०७७ जेठ ११ गते सम्झौता भई २०७९ साल मंसिर १० गतेभित्रै कार्य सम्पन्न गर्नुपर्नेछ। नदी क्षेत्रमा कुल २ हजार ८२० मिटर लम्बाइ, सात मिटर उचाइ रहेको आरसिसी टेवा पर्खाल निर्माण गरिने छ भने ऋषिकेश मन्दिर क्षेत्रमा २८८ मिटरको सिँढी (प्याराफिट) निर्माण गरिनेछ।

कार्यक्रममा पाल्पा र गुल्मी क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुखलगायतको सहभागिता थियो।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…