तेस्रो बिबाह गर्ने वडा अध्यक्ष कान्छी श्रीमती सहित पक्राउ

सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं ९ का वडा अध्यक्ष ईन्द्र बहादुर कुमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार बेलुका जयतपानी बजारबाट वडा अध्यक्ष सँगै उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

घरमा २ जना श्रीमती र दुबै श्रीमती तर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको भनी स्थानिय ५ जनाले सल्यान प्रहरीमा बहुविवाह गरेको कसुरमा उजुरी दिएको आधारमा सम्मानित जिल्ला अदालत सल्यानबाट पक्राउ अनुमति लिई आरोपीत दुबैजना लाई प्रहरी ले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओली बताए ।

कुमाईले स्थानिय नोखबहादुर बोहोराकी श्रीमती ग्वाँमीलाई मंसिर १ गते भगाएका थिए । गौरीका ५ छोराछोरी छन भने, कुमाईका पहिलाकै २ श्रीमती बाट चार छोराछोरी छन । गौरी र कुमाइले क्रमशः ४६ र ५२ बर्षका उमेरमा बिहे गरेका हुन । गाउँकि जान्नेमान्ने ठानिने गौरीलाई वडाध्यक्ष्य कुमाइले उपभोक्त समितिमा नछुटाई राख्ने गरेका थिए ।

उनिहरू बिचको अवैध सम्बन्ध स्थानिहरूले पनि गाइगुइ सुन्ने गरेको थिए । कुमाई स्थानीय तहको निर्वाचनमा बनगाड कुपिण्डे वडा नं ९ बाट तत्कालीन माओवादी बाट निर्वाचित भएका थिए ।

याे बिहे सहित वडाध्यक्ष कुमाइकाे तेस्रो विवाह हो । यसअघि दुईवटी श्रीमती बिहे गरेर घरमा राखेका वडाध्यक्षले गाैरीलाइ पनि श्रीमती थपेर तीनवटी श्रीमती बनाएका हुन् ।

गाैरीका श्रीमान नाेखिराम बाेहराले श्रीमती बारे आफुले पहिला कुनै शंका नगरेको तर एक्कासी परपुरुषसँग बिहे गरेकाे सुन्दा नरमाइलाे लागेको बताएका थिए । घरकाे सबै जग्गा जमिन र पैसा गाैरीकाे नाममा भएकाेले उक्त जग्गा र पैसा फिर्ताकाे लागि आफुले न्याय पाउनुपर्ने उनको भनाइ छ ।

‘वडाध्यक्ष जस्ताे जिम्मेवार पदमा बसेकाे मान्छेले यसरी अर्काकाे श्रीमती उठाउन नहुने थियाे, ‘उनि भन्छन्, ‘अब वडाध्यक्षलाइ त जनताले पनि कुन कुरामा विश्वास गर्नु र ?’ पहिले श्रीमती स्वयमसेविका भएकाे र वडाका विभिन्न बैठकमा जान्छु भन्दै घरबाट जाने गरेकाे उनि बताउँछन् ।

श्रीमती बैठकमा जाने गरेकाे आफुलाइ बताएपनि त्यहिबाट वडाध्यक्षसँग नजिक हुँदै गएकाे अहिले आएर आफुलाइ थाहा भएकाे बोहोराकाे भनाइ थियो

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…