मनोज गजुरेल दोस्रो विवाहको तयारीमा

काठमाडौं । वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलका प्रशंसक र शुभचिन्तकहरुका लागि खुशीको खबर छ । करिब ३ वर्षदेखि ‘सिंगल लाइफ’ बाँच्दै आएका उनले नयाँ जीवनसाथी भेटेका छन् ।

गजुरेल चाँडै विवाह गर्ने तयारीमा छन् । यद्यपि विवाहको तिथि भने निश्चित भएको छैन ।

उनले आफू प्रेम सम्वन्धमा रहेको संकेत गरेका छन् । आफ्नो भावी जीवनसाथीको बारेमा भने उनले निकै कमलाई बताएका छन् ।

‘साथीभाइको शुभकामना, सल्लाह र सुझावअनुसार मैले नयाँ जीवन शुरू गर्न लागेको छु, गजुरेलले अनलाइनखबरसँग भने, ‘अहिले यत्ति भनौं, अरू कुरा पछि थाहा भइहाल्छ ।’

गजुरेलले २०७४ सालमा श्रीमती मीना ढकालसँग डिभोर्स गरेका थिए । केही समययता गजुरेललाई विवाहका लागि परिवार, आफन्त र साथीभाइले सल्लाह र सुझाव दिँदै आएका थिए ।

मीना र मनोजका एक छोरा र एक छोरी छन् । डिभोर्स हुँदा छोरा बुवासँग र छोरी आमासँग बस्ने सहमति थियो । तर, अहिले छोरा र छोरी दुवै बुवासँगै बस्छन् । छोरा मिरोज २३ वर्षका र छोरी मेमोरी १५ वर्षका छन् ।

गजुरेल हालै कोरोना संक्रमणमुक्त भएका छन् । अक्सिजन लेभल कम भएपछि उनले केही दिन अस्पतालको आइसीयूमा बस्नुपरेको थियो ।

 

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…