नेकपाको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था अत्यन्तै कडा, कुकुर पनि परिचालन

काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको लागि नेताहरू पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुग्न थालेका छन् ।

अहिले पार्टी केन्द्रीय कार्यालय बाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र नेपाली सेनाका कुकुरलाई समेत गस्ती गराइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने सम्भावना रहेकाले सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको प्रहरीले जनाएको छ । पहिलाे घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी राखिएको छ ।

स्थायी कमिटीलाई ओलीको पत्र, ‘प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा आउँदिन’

आउँदो २८ गते अर्को बैठक बस्ने गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति विना नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठक दुवै अध्यक्षका प्रस्तावमाथि सामान्य छलफलपछि स्थगित भएको हो ।

आइतबारको बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले सचिवालयमा पेस गरेको प्रस्ताव र पार्टीमा उत्पन्न विवादबारे सामान्य छलफल भएको स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । अब २८ गते स्थायी कमिटीको बैठक र मङ्सिर २५ गतेको लागि बोलाइएको केन्द्रीय समितिको बैठक पुस ५ गते बस्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।

आइतबारको बैठकमा उपस्थित नभएका ओलीले पत्र पठाउनुभएको थियो । ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावमा आफूलाई निराधार आरोप लगाइएको र त्यो प्रस्ताव फिर्ता नभएसम्म आफू बैठकमा आउन नसक्ने जानकारीसहितको पत्र पठाउनुभएको पनि नेता पौडेलले जानकारी दिनुभयो ।

‘अध्यक्ष प्रचण्डको डकुमेन्टलाई राजनीतिक प्रस्ताव भन्न मिल्दैन र त्यो आरोपपत्रको बारेमा स्थायी कमिटीमा छलफल नै गर्न हुन्न’ ओलीले पठाएको पत्रमा भनिएको छ ।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…