कोरोना भाइरसको खोपलाई अनुमति दिने बहराइन बन्यो दोस्रो मुलुक

२१ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अमेरिकी कम्पनी फाइजरले निर्माण गरेको खोपलाई अनुमति दिने बहराइन दोस्रो मुलुक बनेको छ । शुक्रबार बहराइनले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर फाइजरले बनाएको कोरोना खोपलाई अनुमति दिने निर्णय गरेको हो ।

यसअघि गत बुधबार बेलायतले उक्त कोरोना खोपलाई मान्यता दिएको थियो । बहराइनको राष्ट्रिय समाचार एजेन्सी बीएनएका अनुसार उच्च जोखिममा रहेका मानिसहरुलाई फाइजरको खोप प्रदान गरिनेछ ।

यद्यपि बहराइनले आफूले फाइजरबाट कति खोप खरिद गरेको भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । साथै मुलुकमा खोप कार्यक्रम कहिलेबाट सुरु हुन्छ भन्ने विषयमा पनि कुनै जानकारी दिइएको छैन । यस विषयमा गरिएको प्रश्नमा बहराइन तथा फाइजर दुवैले केही जानकारी दिएका छैनन् ।

बहराइनको लागि तत्कालको चुनौती फाइजरको खोपलाई आवश्यक पर्ने माइनस ८० डिग्रीको तापक्रम कायम गर्नु हुनेछ । बहराइनले यसअघि नै चिनियाँ कम्पनी सिनोफर्मले निर्माण गरेको खोपलाई आपतकालीनरुपमा प्रयोगको अनुमति दिइसकेको छ । सिनोफर्मका अनुसार बहराइनमा करिब ६ हजार मानिसले यो खोप लिइसकेका छन् ।

 

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…