अझै हार मानेनन् डोनाल्ड ट्रम्प : परिणाम उल्टाउन जर्जियाका गर्भनरलाई दिँदैछन् दबाब थप सामग्री

अमेरिकाको जर्जिया राज्यमा मतपरिणाम उल्टाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँका रिपब्लिक गभर्नरलाई दबाब दिएका छन्।

ट्रम्पले ट्विटहरुको श्रृङ्खला नै बनाएर उनले गर्भनर ब्रायन केम्पलाई संसदको विशेष अधिवेशन बोलाउन आग्रह गरेका छन्। उनले आगामी सिनेट निर्वाचनको प्रचार क्याम्पेनमा उपस्थित हुनुभन्दा केही घन्टाअघि यस्तो आग्रह गरेका हुन्।

राष्ट्रपति ट्रम्प अझै पनि कुनै प्रमाणविना नै डेमोक्र्याट उम्मेद्वार जो बाइडेनले धाँधली गरेर राष्ट्रपतिको चुनाव जितेको आरोप लगाइरहेका छन्। उनले धेरै राज्यमा कानूनी चुनौती दिए पनि सफल हुन सकेका छैनन्।

निर्वाचनमा जर्जिया निर्णायक राज्य थियो र यसका जो बाइडेनले साँघुरो जित हासिल गरेका थिए। सन् १९९२ यता यो राज्यमा पहिलोपटक डमोक्र्याटहरुले जितेका हुन्।

अब यहाँ सिनेटमा नियन्त्रणका लागि संघर्ष शुरु भएको छ। आगामी जनवरीमा यहाँ हुने निर्वाचनमा डेमोक्र्याटहरुले जिते माथिल्लो सदनमा रिपब्लिकहरुले नियन्त्रण गुमाउनेछन्।

वाशिङ्टन पोष्टले जनाए अनुसार ट्रम्पले गभर्नर केम्पलाई शनिबार बिहान प्रयोग नभएका हस्ताक्षर गरिएका मतपत्रको अडिट माग्न आग्रह गरेका थिए। तर, यस्तो अधिकार आफूलाई नभएको भन्दै केम्पले अस्विकार गरेका थिए।

त्यसपछि उनले ट्विट गर्दै गर्भनरमाथि दबाब सिर्जना गरेको बीबीसीले उल्लेख गरेको छ। उनले गर्भनर केम्पलाई मेन्सन गर्दै ट्विटरमा लेखेका छन्, “यदि गर्भनर ब्रायन केम्प वा राज्य सचिवले हस्ताक्षर रुजु गर्ने आदेश दिए म सजिलै र चाँडै जित्छु… तर, किन यी दुई ‘रिपब्लिकन्स्’ अस्वीकार गरिरहेका छन्?”

केम्पले पनि जवाफ दिँदै भनेका छन्, “सार्वजनिक रुपमा हस्ताक्षर अडिटका लागि तीन पटक आह्वान गरिएको छ।” यसमा फेरि ट्रम्पले लेखेका छन्, “तिम्रा मानिस त्यसलाई अस्वीकार गरिरहेका छन्। तिनीहरु के लुकाइरहेका छन्?” उनले थपेका छन्, “कम्तीमा तत्काल संसदको विशेष सत्र बोलाउ। तिमी यो काम सजिलै र तुरुन्तै गर्न सक्छौ।”

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…