कतार प्रहरीमा पठाउने भन्दै अवैध रूपमा अन्तर्वार्ता गर्ने तीन म्यानपावर कम्पनी निलम्बित

काठमाडौँ । कतारको प्रहरी सेवामा पठाउने भन्दै अवैध रूपमा अन्तर्वार्ता गर्ने तीन ठूला म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले ६ महिना निलम्बन गरेको छ । एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनल म्यानपावर निलम्बनमा परेका हुन् ।

अब यी कम्पनीले निलम्बन फुकुवा नभएसम्म वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा श्रमिक पठाउन नपाउने विभागले जनाएको छ । यी कम्पनीले श्रमिक भर्ना प्रक्रिया नै उल्लंघन गरी कतार प्रहरीमा जान इच्छुक नेपालीको अन्तर्वार्ता अगाडि बढाएका थिए । आफ्ना एजेन्टमार्फत अन्तर्वार्ताका लागि गोप्य भर्ती गर्न युवालाई भेला गरिएको थियो ।

उनीहरूले भेला गरेका युवाको अन्तर्वार्ता लिन कतारको आन्तरिक मन्त्रालयको मानव संसाधन विभागका उच्च अधिकारी काठमाडौं आएका थिए । विभागको टोलीले छापा मार्दा होप इन्टरनेसनलमा अन्तर्वार्ता लिइरहेका बेला कतारी अधिकारीहरूसमेत फेला परेका थिए । कारबाहीमा परेका म्यानपावर कम्पनीका सञ्चालकहरूसँग बयान लिइने भएको छ ।

विभागका अधिकृत कुशल बरालले ती म्यानपावरको बयान कार्य आइतबारबाट सुरु गर्ने बताए । म्यानपावर कम्पनीले पेस गरेको लिखित जवाफ चित्त नबुझेपछि बयान लिन लागिएको हो ।

गत वर्षको पुसमा यी तीनवटै म्यानपावर कम्पनीले गोप्य रूपमा एक सय ७९ जना नेपालीलाई कतारी प्रहरीमा भर्ती गरेका थिए । त्यतिखेर यी म्यानपावरले भर्ती हुने युवासँग ८ देखि १२ लाख रुपैयाँसम्म असुल गरेको खुलेको थियो ।

वैदेशिक रोजगार ऐनअनुसार भर्नालाई पारदर्शी बनाउनका लागि सार्वजनिक सूचना जारी गर्नु अनिवार्य छ । नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण गरी विभागबाट पूर्वस्वीकृति लिई दैनिक पत्रिकामा सूचना जारी भएको सात दिनपछि मात्रै तोकिएको दिन अन्तर्वार्ता गर्नुपर्छ । दोस्रो चरणमा झन्डै ३ सय जनालाई भर्ती गर्ने तयारी थियो ।

दोस्रो लटमा भने २० करोड रुपैयाँको खेल भएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । संघले पनि यी म्यानपावरसँग स्पष्टीकरण सोधी कारबाही गर्ने निर्णय गरेको छ ।

विश्वकपलाई समेत लक्षित गरी सुरक्षा गार्डमा झन्डै १२ हजारसम्म नेपाली लैजाने कतारको योजना छ । प्रहरी सेवामा भर्ती हुनका लागि भने उमेर २५ देखि ३६ वर्षभित्र, उचाइ ५.८ फिटको हुनुपर्ने छ । करार अवधि ५ वर्ष तोकिएको छ । तालिमको समयमा तीन हजार रियाल र तालिम सकेपछि भने ६ हजार रियाल पाउने बताइएको छ ।

श्रम स्वीकृतिको प्रक्रिया छलेर भिजिट भिसामा पठाउने काममा संलग्न रहेको भन्दै विभागले तीनवटा म्यानपावर कम्पनीमाथि शुक्रबार छापा मारेको छ । एउटा म्यानपावर कम्पनीलाई सिल गरिदिएको छ । अनुसन्धान अधिकृत बरालको नेतृत्वमा गएको टोलीले स्काई अफ द वर्ल्ड म्यानपावर कम्पनी, इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट र सुर्खेत ओभरसिजमा छापा मारेको हो ।

विभागले मल्टिपल ट्राभल एन्ट टुर्समा छापा मारेपछि यी म्यानपावर कम्पनीले भिजिट भिसामा श्रमिक पठाउने गरेको खुलेको थियो । ती म्यानपावरले मल्टिपललाई आफूले संकलन गरेको राहदानीलाई भिजिट भिसा लगाइदिन भन्दै पत्राचार गरेको तथ्य फेला परेको बरालले बताए ।

विभागले मल्टिपल ट्राभल्सको कम्प्युटरको सीपीयू नै जफत गरी अनुसन्धान गरिरहेको छ । विभागले सुर्खेत ओभरसिजको कार्यालयलाई भने सिल गरेको छ । दुई घण्टासम्म पर्खंदा पनि कार्यालय नखुलेपछि सिल गरेको बरालले बताए ।

मल्टिपल र स्काई अफ द वर्ल्डका सञ्चालक दिनेश राई हुन् । नेपाली दूतावासले मागपत्र प्रमाणीकरण नगरेपछि म्यानपावर कम्पनीले मोटो रकम लिई भिजिट भिसामा श्रमिकलाई पठाउन थालेको हो । वैदेशिक रोजगार ऐनले श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने कार्यलाई अपराध मानेको छ ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…