बाबुराम भट्टराईको प्रश्न : राजतन्त्रको फोहोर सफा गर्ने कि फोहोरको डंगुरमा फर्कने ?

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २४० वर्षको राजतन्त्रले थुपारेको फोहोर १२ वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भनेर त्यही डंगुरमा फर्किनु नहुने बताएका छन् ।

राजतन्त्रको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको देशव्यापी आन्दोलनतर्फ लक्षित गर्दै बाबुरामले यस्तो प्रश्न गरेका हुन् ।

बाबुरामले राजावादी धमिलो पानीमा माछा मार्न हौसिएको आरोपसमेत लगाएका छन् । उनले प्रधानमन्त्री केपी ओलीको समेत आलोचना गर्दै यस्तो आरोप लगाएका हुन् ।

२४० वर्षसम्म राजतन्त्रले थुपारेको गरिबी, बेरोजगारी, भ्रष्टाचार र जातीय विभेदको फोहोर १२ वर्षमा सोहोर्न सकिएन भनेर राजतन्त्रको पक्षमा आन्दोलन गर्नु गलत भएको उनको ठहर छ ।

‘ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न : २४० वर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता, गरीबी, वेरोजगारी, भ्रष्टाचार, जातीय-क्षेत्रीय र लैंगिक विभेद, पराधीनताको फोहर १२ वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने’, बाबुरामले ट्वीटरमा लेखेका छन् ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…