प्रधानमन्त्री ओलीको गृह जिल्लामा राजसंस्था र हिन्दुराष्ट्र समर्थकहरुको भिड छपक्कै

राजसंस्था तथा हिन्दुराष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा झापामा शनिवार विशाल प्रदर्शन भएको छ। राप्रपाले संघीयता खारेजीको पनि माग गर्दै प्रधानमन्त्री केपी शर्माको गृह जिल्ला झापामा प्रदर्शन गरेको हो।

राप्रपाले मोटर तथा मोटरसाइकल र्यालीको आयोजना गरेर प्रदर्शन गरेको हो। र्यालीमा हजारौंको सहभागिता रहेको थियो। प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टामा भेला भएका थिए।

दिउँसो साढे २ बजे काँकरभिट्टाबाट एकीकृत र्याली प्रारम्भ भएको थियो। बिर्तामोडमा भएको कार्यक्रममा राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले शनिवारको प्रदर्शन शुरुवात मात्र भएको बताए।
उनले चेतावनीको भाषामा भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो। क्लाइमेक्स आउन बाँकी नै छ।’ राजसंस्था तथा हिन्दुराष्ट्र देशको आजको आवश्यक्ता भएको नेता लिङदेनले बताए।

राप्रपा मकवानपुरले हेटौँडामा गर्यो प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै आज हेटौँडामा मोटरसाइकल र्याली गरेको छ। पार्टी कार्यालय सानोपोखराबाट नाराबाजी सहित निस्किएको र्यालीले बजारको महत्त्वपूर्ण स्थानहरुको परिक्रमा गरेको थियो ।

प्रदर्शनका क्रममा राजा र हिन्दुत्व सङ्गै भ्रष्टाचार , धर्म परिवर्तन र बेरोजगारी लगायतका विषयमा चर्का नाराबाजी गरिएको थियो । शहर परिक्रमापश्चात सिमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै राप्रपा केन्द्रिय सदस्य मधु अधिकारीले जनताले परिवर्तन खोजेको र त्यो परिवर्तनकारी शक्ति राप्रपा हुने धारणा राखे । काङ्ग्रेस कम्युनिष्को गलत निति र अवधारणाले मुलुक समस्याको दलदलमा भासिएको भन्दै अधिकारिले राप्रपा अबको वैकल्पिक शक्ति भएको दाबी गरे ।

पार्टीका युवा नेता राजाराम बर्तौलाले राष्ट्रवाद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै यो दियो निभ्न नदिने बताए। राप्रपाको नेतृत्वमा असलि परिवर्तनको आन्दोलन अघि बढ्ने बर्तौलाले धारणा राखे। कार्यक्रममा केन्द्रिय सदस्य नवराज बिष्ट, जिल्ला अध्यक्ष रामहरी न्यौपाने ,युवा संगठन अध्यक्ष शुक्र प्रजा लगायतले बोलेका थिए ।

पछिल्लो समय राजसंस्था र हिन्दुराष्ट्र को माग गर्दै देशभर प्रदर्शन भैरहेको अवस्थामा राप्रपा मकवानपुरले आज पार्टीको व्यानर र झन्डामा कार्यक्रम आयोजना गरेको हो ।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…