प्रविधिको सहयोगमार्फत मौसमलाई पनि नियन्त्रणमा राख्दै चीन : चाहिएको बेला पानि पार्न सक्ने

चीनले अब प्रविधिको सहयोगमार्फत मौसमलाई पनि नियन्त्रणमा राख्ने कोसिस गर्दैछ । यसका लागि उसले २०२५ सम्मका लागि एक कार्यक्रम बनाएको छ । यस कार्यक्रम ५० दशमलव ५ लाख वर्ग किलोमिटर क्षेत्रफलसम्म बिस्तार गर्ने उसको योजना छ, जो भारतको कुल क्षेत्रफलभन्दा झन्डै डेढ गुणाले बढी हो ।

चीनको स्टेट काउन्सिलले २०२५ सम्मका लागि बनाएको योजनामा यस्तो हिउँ र वर्षालाई नियन्त्रणमा लिन सकिने उल्लेख छ । चीनले यस कार्यक्रमलाई ‘एक्सपेरिमेन्टल वेदर मोडिफिकेशन प्रोग्राम’ नाम दिएको छ ।

जुन कार्यक्रम चीनले ५ दशमलब ५ मिलियन स्क्वायर किलोमिटर अर्थात् छिमेकी देश भारतको आकार भन्दा १ दशमलब ५ गुणा ठूलो क्षेत्रफल ओगट्ने गरी परीक्षण गर्ने भएको छ ।

चिनियाँ स्टेट काउन्सिलले हालै सार्वजनिक गरेको विज्ञप्ति अनुसार चीनले मौसम परिवर्तन प्रणाली २०२५ सम्ममा विकास गरिसन्के जनाएको छ । चिनियाँ सरकारले आधारभूत अनुसन्धान र प्रमुख प्रविधि साथै सुरक्षा जोखिमविरुद्ध सुधार भएकोमा सम्बन्धित निकायलाई धन्यवाद समेत दिएको छ ।

चीनका अनुसार यस योजनाले प्राकृतिक संकटबाट राहत मिल्नेछ र कृषि उत्पादन बढाउन सहयोग मिल्नेछ । धेरै तापक्रमयुक्त इलाकामा तापमान घटाउने, सुख्खा प्रभावित क्षेत्रमा वर्षा गराउने र धेरै वर्षा र हिउँ नियन्त्रणमा राख्ने काम पनि गर्नेछ ।

चीनले मौसमी परिवर्तनलाई नियन्त्रणमा राख्ने प्रयास गरेको यो पहिलोपटक होइन । २००८ को बेइजिङ ओलम्पिकका दौरान पनि उसले यस्तै गरेको थियो ।

वर्षा रोक्न र आकाश सफा गर्नका लागि क्लाउड सिडिङको साहारा लिइएको थियो । चीनले यसपटक आफ्नो महत्वाकांक्षी योजनाका लागि ठूलो लगानी गरिरहेको छ ।

२०१२ देखि २०१७ सम्म उसले यस कार्यक्रममा झन्डै १ दशमलव ३४ बिलियन डलर खर्च गरिसकेको छ । चीनियाँ सरकारी मिडियाहरुका अनुुसार यस कार्यक्रम लागु भएपछि जिनजियाङ राज्यमा अशिनाका कारण हुने नोक्सानी ७० प्रतिशतसम्मले कम गर्न सहयोग पुुग्नेछ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…