‘राजा आउ देश बचाउ’ भन्दै घोराहीमा पनि निकालियो मोटरसाइकल र्‍याली

बुधवार दाङको घोराहीमा राजतन्त्रका पक्षमा र्‍याली निकालिएको छ।

घोराहीस्थित ट्राफिक चोकवाट मध्यान्न मोटरसाइकल र कारसहितको र्‍याली निकालिएको हो।

झन्डै अढाइ सय मोटरसाइकल र कारसहितको र्‍यालीले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो।

र्‍यालीका सहभागीले ‘राजा आउ देश बचाउ,’ ‘गणतन्त्र धोका हो’, ‘हिन्दु राज्यसहितको राजतन्त्र चाहिन्छ’ जस्ता नारा लगाएका थिए।

र्‍यालीका सहभागीले राष्ट्रिय झण्डा बोकेका थिए। त्यस्तै, उनीहरूले पृथ्वीनारायण शाहदेखि महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र शाहका भनाइ लेखिएका प्लेकार्ड पनि बोकेका थिए।

‘देशभक्त नागरिक’को नामबाट भएको र्‍याली घोराहीको तुलसीपुर चोकमा आएर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्नेहरूले ‘राजाबिनाको देश रानीबिनाको माहुरी समान’ बन्न पुगेको तर्क गरेका थिए।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…