उद्योगको हब बन्दै दाङ : चार महिनामा १ अर्व बढी उद्योगमा लगानी

दाङ, १८ मंसिर । जिल्लामा पछिल्लो समय उद्योगका लगानी वढदै गएको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिक सम्म १ अर्व १३ करोड ९९ लाख ६० हजार रुपैया लगानी साना उद्योगमा भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका उद्योगमा यो लगानी थप भएको हो । जसवाट ४ सय ५३ जना पुरुष र ३ सय १५ महिला उद्यमी वन्नेका छन् । भने पुरुष १ हजार ९ सय १६ जना, महिला ४ सय ७१ जना महिला रोजगार प्राप्त गरेको कार्यालयले जनाएको छ ।

दाङमा चार महिनाको अवधीमा ६ सय ७० वटा साना उद्योगहरु थपिएका छन् । चालु आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिक सम्म घरेलु तथा साना उद्योग कार्यालय दाङमा ६ सय ७० उद्योगहरु दर्ता भएका हुन् । विश्व व्यापी फैलिएको कोरोनाले हरेक क्षेत्रमा प्रभावित पारेको छ । तर पनि जिल्लामा साना उद्योगहरु थपिन भने कम नभएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ । कोरोनाको कारण रोजगार गुमाएकाले आफैले केही गरौ भनेर उद्योग दर्ता गरेकाले पनि सङख्यामा कमी नभएको हो ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार यसरी थपिएका मध्ये प्राइभेट फर्म ६ सय २२ वटा र साझेदारी फर्म ४० वटा र प्रा लि ८ वटा साना उद्योगहरु दर्ता भएका छन् । कार्यालयका सुचना अधिकारी बिक्रम केसीका अनुसार कार्यालयमा दर्ता भएका उत्पादन मुलक उद्योग ७२ वटा दर्ता भएका छन् । जसमा ६६ वटा प्राइभेट फर्म ५ वटा साझेदारी, प्रा लि १ वटा दर्ता भएका हुन् । कृषि तथा वन जन्य उद्योग ४ सय ६७ वटा दर्ता भएका छन् । जसमा प्राइभेट फर्म ४ सय ३२ वटा साझेदारी फर्म ३२ वटा र ३ वटा प्रा लि रहेका छन् ।

पर्यटन उद्योग ४७ वटा दर्ता भएका छन् । जुन प्राइभेट फर्म रहेका छन् । त्यसैगरेर सेवामुलक उद्योग ८४ वटा दर्ता भएका छन् । जसमा ७७ वटा प्राइभेट फर्म, ३ वटा साझेदारी फर्म, र ४ वटा प्रा लि रहेका छन् । जिल्लामा पहिले देखि कार्तिक मसान्त सम्ममा ७ हजार ९ सय ३९ वटा उद्योगहरु रहेका छन् ।

कार्तिक मसान्तस सम्ममा ५ सय ५२ वटा उद्योगहरुको नविकरण गरिएको छ । जसमा उत्पादन मुलक उद्योग १ सय ५१ वटा, कृषि तथा वन्य जन्य उद्योग १ सय ५ वटा, पर्यटन उद्योग ५९ वटा, सेवामुलक उद्योग २ सय ३७ वटा उद्योगहरु रहेका छन् । यस अवधीमा ५७ वटा उद्योगले लगत कट्टा गरेका छन् ।

जसमा उत्पादन मुलकका ८ वटा, कृषि तथा वन जन्य उद्योग २६ वटा, पर्यटन उद्योग ९ वटा र सेवा मुलक उद्योग १४ वटा रहेका छन् । पहिलो चौमासिक सम्ममा ३ सय ४२ वटा उद्योगले पँुजी वृद्धि गरेका छन् । यसरी पुजी वृद्धि गर्नेहरुमा उत्पादन मुलक उद्योगका ५० वटा, कृषि तथा वन जन्य उद्योगका ७७ वटा, पर्यटन उद्योग २९ वटा र सेवा मुलक उद्योगका १ सय ८६ वटा रहेका छन् ।

साउन देखि कार्तिक मसान्त सम्म घरेलु तथा साना उद्योग कार्यालयले ३२ लाख १० हजार १ सय १० रुपैया राजस्व सङकलन गरेको छ । जसमा उत्पादन मुलक उद्योग वाट ५ लाख ३९ हजार ७ सय रुपैया कृषि तथा वन जन्य उद्योगहरु वाट १२ लाख २४ हजार ३ सय रुपैया, पर्यटन मुलक उद्योग बाट २ लाख ४६ हजार १ सय २० रुपैया र सेवा मुलक उद्योगहरु वाट ११ लाख ९९ हजार ९ सय ९० रुपैया राजस्व सङकलन भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ ।

राज्यले सहुलीय दिएकाले उद्योग दर्तामा बृद्धि

राज्यले उद्योगहरुलाई सहुलीयत दिएको कारण उद्योग दर्ता वढेको घरेलु तथा साना उद्योग कार्यालय दाङका निमित प्रमुख उमवहादुर वलीले बताए । अहिले सरकारले नि शुल्क उद्योग दर्ता गरि दिने गरेको उनले बताए । प्राइभेट फर्म दर्ता गर्दा १ सय रुपैया निवेदनले उद्योग दर्ता हुने उनको भनाइ छ । भने वाणिज्य तर्फ महिलाको नाममा दर्ता गर्दा ५० प्रतिशत छुट दिने गरेको प्रमुख वलीले बताए । त्यसै गरेर म्याद सकिएका उद्योगहरुलाई ६ महिना सम्म जरिवाना नलिइने उनले बताए ।

‘राज्यले उद्योगीहरुलाई विभिन्न खाले अनुदान दिने गरेकाले पनि पछिल्लो समय उद्योग दर्ता वढेको छ’ वलीले भने । पछिल्लो समय उद्योग दर्ता गराउनेको सङख्या वढदै गएको उनले बताए । यसरी उद्योग थपिए संगै जिल्लामा उत्पादन समेत वृद्धि हुने उनको भनाइ रहेको छ । ‘उद्योगहरु वृद्धि हुदै जादा जिल्ला आत्म निर्भर बनाउन ठुलो सहयोग पु¥याउने छ’ वलीले भने ।

उत्पादन गर्ने उद्योगलाइ मात्र उद्योगमा दर्ता हुनु पर्दछ

सरकारले उत्पादन गर्ने उद्योगहरुलाई मात्र उद्योगको रुपमा दर्ता गरिनु पर्ने निजी क्षेत्रहरुले बताएका छन् ।

स साना होटेलहरुलाई पनि उद्योगमा दर्ता गरिदा उद्योगहरुको सङख्यामा मात्र वृद्धि भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए । सङख्यामा मात्र वृद्धि नभइ उत्पादन वढनु पर्ने उनको भनाइ रहेको छ । ‘राज्यको नितीका कारण बाध्य भएर साना लगानीका होटेलहरु पनि उद्योगमा दर्ता हुन वाध्यता रहेको छ’ भुसालले भने ।

कतिपय उद्योगहरु ऋण खानका लागि मात्र दर्ता हुने गरेको उनले बताए । उद्योग दर्ता भए पछि उत्पादन गरिनु पर्ने उनी बताउछन् । उद्योगहरुको माग अनुसार राज्यले निती ल्याउनु पर्ने उनको भनाइ छ । अहिले सञ्चालनमा आएका उद्योगहरु पनि समस्यामा रहेको भुसालले बताए ।

सञ्चालनमा आएका उद्योगहरुलाई तालिम दिएर उनीहरुले उत्पादन गर्ने सामाग्री गुणस्तरीय वनाउन सहयोग गर्ने आवस्यक रहेको उनले बताए । ‘उद्योगीहरुलाई प्रोत्साहन गर्ने आवस्यक रहेका छ’ अध्यक्ष भुसालले भने । तर राज्यले उद्योगिहरुलाई प्रोत्साहन गर्ने नसकेको उनले बताए । उद्योगीहरुलाई अवलोकन गराएर उनीहरुलाई सिक्ने अवसर दिनु पर्ने भुसालको भनाइ रहेको छ ।

भर्खरै प्रकाशित

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…