मेस्सीका कारण बार्सिलोनालाई जरिवाना

स्पेनिस ला लिगामा लियोनेल मेस्सीले ओसासुनाविरुद्ध गोल गरेपछि आफ्नो गोल अर्जेन्टिनी महान् खेलाडी डिएगो म्यारोडोनालाई समर्पण गर्दा २ हजार ७ सय पाउन्ड (नेपाली ४ लाख रुपैयाँ) जरिवाना तिर्नुपर्ने भएको हो ।

मेस्सीले ओसासुनाविरुद्ध पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गरेपछि डिएगो म्यारोडोनाले नेवेल्स ओल्ड ब्बाएको जर्सी पहिरिँदै म्यारोडोनाको गोलशैली सेलेब्रेसन गर्दै आफ्नो गोल समर्पण गरेका थिए । यस्तै मेस्सीले दुवै हात आकाशतिर फर्काउँदै माथि हेरेका थिए ।

खेलमा मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भएको थियो ।

तर, मेस्सीको यो मन छुने गोल सेलेब्रेसन बार्सिलोनाको लागि महँगो परेको छ । स्पेनिस फुटबल फेडेरेसनले मेस्सीको यो शैलीलाई गलत भनेका छन् । ‘खेलाडीलाई गोल समर्पण गर्न पाइन्छ, तर खेल दौरान नै अन्य टोलीको जर्सी लगाउन नपाउने’ नियम स्पेनमा रहेको छ ।

मेस्सीले खेलको शुरुवात देखि नै म्यारोडोनाले अन्तिम समय न्युवेल्सबाट खेल्दा लगाएको जर्सी लगाएका थिए । आफ्नो गोल सेलेब्रेसनमा मेस्सीले बार्सिलोनाको जर्सी खोलेर म्यारोडोनाले न्युवेल्सबाट खेल्दा १० नम्वर अंकित जर्सी देखाउदै उनकै शैलीमा गोलको खुशियाली मनाएका थिए ।

खेलपछि मेस्सीले सामाजिक सन्जालमा आफ्नो र म्यारोडोनाको पुरानो फोटो राख्दै ‘फेरवेल, डिएगो’ लेखेका छन् । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले पनि मेस्सीको यो शैलीलाई ग्रेट मोमेन्ट भनेका छन् ।

मेस्सी क्याटलान क्लब बार्सिलोना आउनुअघि न्युवेल्सबाट युथ करियर सुरुवात गरेका थिए । म्यारोडोनाले भने न्युवेल्सबाट अन्तिम ५ खेल खेल्दै खेल करियरबाट सन्यास लिएका थिए ।

म्यारोडोनाको गत बुधबार ६० वर्षको उमेरमा हृदयघातका कारण ब्युनर्स आयर्समा निधन भएको थियो ।यस्तै इटालियन क्लब नेपोलीले पनि आफ्नो लेजेन्ड म्यारोडोनाको सम्झनामा विशेष चौथो जर्सीमा ‘म्यारोडोना १०’ अंकित जर्सी पहिरिएर समर्पण गरेका थिए । खेलमा नेपोलीले रोमालाई ४–० ले पराजित गरेको थियो ।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…