प्रधानमन्त्रीलाई देउवाको फोन : रामचन्द्र पौडेललाई किन पक्राउ गरेको ?

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडलाई लिएर प्रधानमन्त्रीलाई फोन गरेका छन् ।

तनुहँमा पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले पौडेलसहितका नेताहरुलाई पक्राउ गरेको थियो ।

पुल उद्घाटनबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसबीच विवाद भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । तर पौडेल, निषेधाज्ञा नमान्ने भन्दै जुलस लिएर पुल उद्घाटन गर्न हिँडेपछि प्रहरीले धरपकड गरेको थियो ।

देउवाले प्रधानमन्त्रीलाई फोन गरी नेता पौडेललाई किन पक्राउ गरेको भनेर प्रश्न गरेका थिए । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले वरिष्ठ नेता पौडेललाई तत्काल रिहा गर्न समेत माग गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले नेता पौडेलकै शान्ति सुरक्षाका लागि प्रहरीले सुरक्षित स्थलमा लगेको तर्क गरेका थिए ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…