यो देशमा राजतन्त्र कुनै हालतमा फर्किदैन : रामचन्द्र पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुनै हालतमा प्रतिगमन हुन नदिने बताएका छन् । नेपाल प्रेस युनियन तनहुँले दमौलीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सानो दुःखले देशमा लोकतन्त्र नआएको भन्दै कुनै पनि नाममा राजतन्त्र नफर्कने दावी गरे ।

ईश्वर वा कसैको नाममा प्रतिगमन हुन सक्दैन, ‘ उनले भने,’ राजतन्त्रका पक्षमा भएको आन्दोलनप्रति लक्षित गर्दै उनले यसले राजतन्त्र फर्काउन नसक्ने बताए। उनले लोकतन्त्र जोगाउने र परिष्कृत गर्ने आन्दोलन आवश्यक रहेको भन्दै त्यो तनहुँबाट सुरू गर्ने बताए । अहिले कम्युनिष्ट अधिनायकवाद लाद्न खोजिएको छ, उनले भने,’ पञ्चायत र कम्युनिष्ट उस्तै देखिएका छन्।’

पौडेलले कांग्रेसको शासनमा नै धेरै विकास भएको दावी गर्दै अहिले सरकारले विकासमा जस लिन खोजेको जिकिर गरे। नेता पौडेलले कांग्रेसको १४ औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बाएका छन्।

वरिष्ठ नेता पौडेलले राजतन्त्र, अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्रवद्र्धन र अन्यायकाविरुद्ध कांग्रेस सक्रिय भएर लाग्ने बताए।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…