प्रहरीको ‘आइ लभ यु बुढी गुड नाइट’ अभियान

स्याङजा । काम गर्ने प्रेरणाको पहिलो स्रोत घर परिवार हो बन्ने बुझेका प्रहरी प्रमुख होबिन्द्र बोगटीले स्याङ्जामा कार्यरत प्रहरीहरुको घर परिवारसँग मायालाई अझ गाढा बनाउन नौलो अभियान सुरु गरेका छन् ।

परिवारसँग राम्रो सम्बन्ध भएन भने मानसिक तनाव बढ्ने, दुई वटा विवाह गर्ने, जाँडरक्सी खाने जस्ता क्रियाकलाप बढ्दै जान्छ ।

समाज सुधारमा लागेका प्रहरीले पहिले आफ्नो घर सुधार गर्नुपर्ने र त्यसपछि समाज सुरधारको पाटोतिर लाग्नुपर्ने भन्दै यस्तो अभियान ल्याएको एसपी बोगटीले जानकारी दिए ।

बोगटीले ल्याभएको नौलो अभियानमा प्रत्येक दिन सुत्ने बेलामा घर परिवारसँग कम्तीमा एक मिनेट फोनमा बोल्नै पर्ने र बोल्ने क्रममा ‘आइ लभ यू बुढी वा छोराछोरी’ भन्नै पर्ने अभियान सुरु गरिएको समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

परिवारसँग हुनेले पनि साँझमा एकपटक यस्तो भन्नै पर्ने अभियान चलाइएको उनले बताए । यसो गर्नाले कम्तीमा दिनभरको थकाइमा केही राहत हुने र घर परिवारसँगकाने सम्बन्ध पनि गाढा बन्दै जाने एसपी बोगटीको विश्वास छ ।

यति मात्रै होइन घर परिवारसँग कस्तो सम्बन्ध छ, नियम पालना गरिएको छ कि छैन् त्यसको समेत प्रहरी कर्मचारीको घरमा फोन गरेर सोध्ने उनले बताए ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…