एन्टिबायोटिकको जथाभावी प्रयोगले गम्भीर समस्या निम्त्याउदै , प्रत्येक वर्ष सात लाख मानिसको मृ’त्यु

पछिल्लो समय विश्वमा एन्टिबायोटिक अर्थात् प्रतिजैविक औषधिको प्रयोग बढेको छ । विश्वमा एन्टिबायोटिक र माइक्रोएन्टिबायोटिक औषधिको गलत प्रयोगले प्रत्येक वर्ष सात लाख मानिसको मृ’त्यु भइरहेको अनुमान छ ।

विश्व स्वास्थ्य संगठनले हरेक वर्षको नोभेम्बर १८ देखि २४ तारिखसम्म अर्थात् मंसिर ३ देखि ९ गतेसम्म प्रतिजैविक औषधिको सही प्रयोग सम्बन्धी सचेतना फैलाउन एन्टिमाइक्रोविल्स रेजिस्टेन्स विक मनाउने गर्छ ।

नेपालमा पनि यो सप्ताह मनाइएको छ एन्टिमाइक्रोविल्स रेजिस्टेन्स भनेको के हो ? यसले मानव शरीरलाई कसरी असर गर्छ र स्वास्थ्य मन्त्रालयले यस विषयमा कसरी काम गरिरहेको भन्ने लगायतका विषयमा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा विकास देवकोटासँग स्वास्थ्यखबरले गरेको कुराकानी :

एन्टिमाइक्रोविल्स रेजिस्टेन्स भनेको के हो ?

हामीलाई विभिन्न रोग लाग्छन् । ती रोगहरु विभिन्न भाइरस, ब्याक्टेरिया, फंगस, प्यारासाइड इत्यादिले ल्याउँछन्। सूक्ष्म जिवाणु जो आँखाले देखिन्नँ, त्यसले नै रोग ल्याउँछ ।

रोग लागेपछि निको पार्न हामीले औषधि खान्छौँ। ब्याक्टेरियाबाट हुने रोगको औषधिलाई हामी एन्टिबायोटिक भन्छौँ । अरु रोगका लागि खाइने औषधि एन्टिमाइक्रोविल्स भन्छौं । एन्टिमाइक्रोविल्स भित्र एन्टिबायोटिक पनि पर्छ ।

पछिल्लो समय यी एन्टिमाइक्रोविल्स र एन्टिबायोटिक औषधि दुरुपयोग हुन थाल्यो। अर्थात्, औषधि नचाहिँदा पनि खाइदिने, चिकित्सकले भनेअनुसार औषधि नखाने, औषधि लेख्ने व्यक्तिले अनावश्यक औषधि लेख्ने, फोनबाट पनि एन्टिबायोटिक खाइदेऊ भन्ने, मेडिकलमा पनि जथाभावी एन्टिबायोटिक औषधि बेच्ने, बिरामीले कहिले भनेअनुसार नखाने, कहिले लामो समय खानेजस्ता काम भइरहेको छ ।

यसले गर्दा हाम्रो शरीरले चाहिने मात्रामा चाहिने रोगका लागि चाहिने व्यक्तिले चाहिने अवधिसम्म नखाँदा ती रोग लगाउने सूक्ष्म जिवाणुलाई एन्टिबायोटिक औषधिले काम गर्न छाडेको छ । एन्टिमाइक्रोविल्स रेजिस्टेन्स भनेको त्यस्तो अवस्था हो, जसमा कुनै रोगको विरुद्ध आएका औषधिले काम गर्न छोड्छ ।

यस्तो अवस्था कसरी आयो त ?

पछिल्लो समयमा हामीले कुनै स्वास्थ्य समस्या हुँदा जथाभावी एन्टिबायोटिक औषधि खान थाल्यौँ । त्यसबाहेक हामीले खाने खानामा समेत यस्तो औषधि विभिन्न माध्यममा प्रयोग भइरहेको छ । जस्तोः हामीले खाने मासु, अण्डा र दूध जस्ता खानेकुराबाट यी औषधि खाइहेको छौं ।

पछिल्लो समयमा कृषकहरुले मासुका लागि पशु उत्पादन गर्दा छिटो लाभ प्राप्त गर्ने हेतुले विभिन्न एन्टिबायोटिक औषधि दिने, ती जनावरलाई दिइने दानामा पनि विभिन्न औषधि मिसाइने कारणले हामीले त्यही जनावरको मासु खाँदा त्यसैको माध्यमबाट आवश्यक नभएको एन्टिबायोटिक हाम्रो शरीरमा गइरहेको छ । खानामा पनि र रोग लाग्दा एन्टिबायोटिक प्रयोग हुन थालेपछि एन्टिबायोटिक औषधिले काम गर्न छाडेको छ ।

प्रतिजैविक औषधि सचेतना सप्ताहको महत्व के छ ?

का मुख्य १० जोखिममध्ये यो एन्टिबायोटिक्स रेजिस्टेन्स पनि एक हो । यसको गलत प्रयोगले मानव शरीरलाई रोग लागेको समयमा एन्टिबायोटिकले काम नगर्ने स्थिति छ । किनभने, संगठनका अनुसार हरेक वर्ष करिब सात लाख मानिसको रेजिस्टेन्सका कारण मृ’त्यु हुने गरेको अनुमान छ ।

यो क्रम रोकिएन भने अर्को २५ वर्षमा अर्थात् २०५० सम्ममा विश्वमा एक करोड मानिसको मृ’त्यु यसै कारण हुने अनुमान छ । यसले सयौँ अर्ब डलर यसमा खर्च हुने बताइएको छ । एउटा उदाहरण, आफूलाई रोग लागेको छ ।

औषधि छ, बजारमा। त्यही रोगको लागि अर्को मानिसलाई औषधिले काम गरेको छ तर आफूलाई गर्दैन । र, औषधिले काम नै नगरेपछि मनुपर्ने स्थिति छ । त्यसैले यो अत्यन्तै महत्वको विषय हो । त्यसले मानव स्वास्थ्यको साथै हाम्रो अर्थतन्त्रमा समेत असर पारिरहेको छ ।

अबका दिनमा अझै नयाँनयाँ रोग आउने छन् । तर त्यसका लागि अहिले भएको औषधिले काम गर्दैन। नयाँ औषधि बन्न लामो समय लाग्छ । त्यसैले हामीले अहिले समयमा एन्टिबायोटिक र एन्टिमाइक्रोविल्सलाई जोगाएर राखेनौँ भने अब आउने नयाँ रोगको लागि अहिले भएका औषधिले काम नगर्ने र नयाँ औषधि आविष्कार गर्न पनि सकिएन भने देख्दादेख्दै धेरै व्यक्ति मर्नुपर्ने अवस्था आउने छ ।

त्यसैले विश्व स्वास्थ्य संगठनले २०१५ देखि हरेक नोभेम्बरमा प्रतिजैविक औषधिको प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले प्रतिजैविक सप्ताह मनाउन थालेको छ । सोही अनुसार यो वर्ष मंसिर ३ देखि ९ गतेसम्म सप्ताहव्यापी प्रतिजैविक औषधि सचेतना सप्ताह मनाइएको हो ।

स्वास्थ्य मन्त्रालयले प्रतिजैविक औषधिका बारेमा कसरी काम गरिरहेको छ ? कस्ता–कस्ता नीति–नियम बनेका छन् ?

स्वास्थ्य मन्त्रालयले यो विषयलाई निकै महत्वका साथ लिएको छ । मन्त्रालयका विभिन्न नीति र नियममा यो विषयमा उल्लेख गरिएको पनि छ । पुराना नीति–नियममा यस विषयमा यथेष्ट उल्लेख गरेको कमै छ ।

अहिलेको राष्ट्रिय स्वास्थ्य नीति, २०७६, पाँच वर्षे रणनीतिमा यसबारे स्पष्ट लेखिएको छ । केही दशकदेखि मन्त्रालयले काम पनि गर्दै आएको छ । तर, नीति–नियममा विषय समावेश हुँदैमा सबै कुरा हुन्छ भन्ने होइन । जसरी यो विषय थप जटिल बन्दै छ, त्यसैअनुसार हामीले काम गर्न नसकेको पक्कै हो ।

प्रभावकारी रणनीतिका साथ गति बढाउनुपर्ने अवस्था पक्कै छ । हाम्रा रणनीतिलाई कार्यान्वयमा लैजान पनि यो सचेतना सप्ताह आएको हो ।

सन् २०१५ को विश्व स्वास्थ्य संगठनको महाशाखा योबारे कुरा उठेको हो । त्यसको एक वर्षपछि संयुक्त राष्ट्र संघको महासभामा पनि यो विषयमा कुरा उठेको थियो । त्यसपछि विश्व सबै देशले अब विश्वव्यापी एक्सन प्लानलाई आधार मानेर देशमा कार्ययोजना बनाएर काम गर्ने प्रतिवद्धता गरे । त्यसै अनुसार हामीले पनि कार्ययोजना बनाएर अघि बढिरहेका छौँ ।

यो विषयले अन्य क्षेत्रलाई पनि छुन्छ, स्वास्थ्य मन्त्रालयले मात्रै एन्टिबायोटिक प्रयोग रोक्न सक्छ ?

पक्कै सक्दैन । हाम्रो कार्ययोजना ‘वन हेल्थ अप्रोज’ अर्थात् ‘एक स्वास्थ्य रणनीति’ मा आधारित छ । यसमा अन्य क्षेत्रको पनि उत्तिकै जिम्मेवारी आवश्यक पर्छ ।

पहिलो, बिरामी नहेरी फोनबाट औषधि दिनु, चाहिनेभन्दा बढी एन्टिबायोटिक दिनु, एन्टिबायोटिकलाई एकदम चाँडो निको हुने बहुमूल्य चिजको रुपमा प्रचार गरिनु, यो गलत कुरा हो । कति बिरामीले भनिएअनुसार पूरा डोज औषधि खाँदैनन् । औषधिबारे राम्रो परामर्श हुँदैन ।

यो मानव स्वास्थ्यसँग सम्बन्धित विषय भयो । अर्को, देश संघीयतामा गइसकेपछि प्रदेश, स्थानीय तह, समुदाय र हरेक व्यक्तिलाई यो विषयमा सचेतना जगाउन भूमिका आवश्यक छ । एन्टिबायाटिकको जथाभावी प्रयोग रोक्न राजनीतिक प्रतिवद्धता आवश्यक छ । साथै, स्वास्थ्य, कृषि, वन र वातावरण मन्त्रालयले यो विषयमा मिलेर काम गर्नुपर्ने हुन्छ ।

यो विषयमा काम गर्न चुनौती के छ ?

पहिलो त यस विषयमा हामीकहाँ तथ्यांक नै छैन । संक्रमण रोकथाम गर्ने अभ्यासमा पनि हामी कमजोर छौँ । विभिन्न तथ्यांकले देखाएको छ कि, हाम्रा अस्पतालहरु संक्रमण रोकथाम गर्ने मेकानिजममा कमजोर छन् ।

हरेक वर्ष औषधिको मूल्य बढेको बढ्यै छ । सामान्य रोग भए पनि मानिसले आफ्नो जायजेथा बेचेर मात्र उपचार गर्नुपर्ने बाध्यता छ । मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य बिमा लगायतका कार्यक्रम त ल्याएको छ तर यी विषय प्रभावकारी बनाउन सकिएको छैन । तथ्यांकको लागि हामीले विभिन्न सहयोगी निकायसँग मिलेर काम गर्नेबारे अभ्यास गरिरहेका छौं ।

हाम्रामा सबै रोगमा विकसित देशमा जस्तो पूर्ण ल्याब जाँच गरेर औषधि चलाउने बानी छैन । त्यसैले छिटो निको हुने बहाना औषधि चलाइन्छ। त्यसका लागि हाम्रा संरचना बलियो हुनुपर्छ । हाम्रा चिकित्सक पनिसचेत हुनुपर्छ । चिकित्सकले, राम्रोसँग जाँच गरेर, आवश्यक औषधि मात्र लेख्नुपर्छ । सकेसम्म थोरै औषधि लेख्ने र कसैको प्रभावमा औषधि नलेख्ने गर्नुपर्छ ।

अर्को, वितरकले औषधिबारे बिरामीलाई राम्रोसँग परामर्श दिएर औषधि दिने, पुर्जीमा लेखिएकोभन्दा बढी औषधि नदिने गुर्नपर्छ । हामीकहाँ बिरामीले २ महिना आउन सक्दिनँ भन्यो भने २ महिनाकै औषधि दिने बानी छ । त्यसो गर्नु भएन । यो कुरा मानव स्वास्थ्य र एनिमल स्वास्थ्यमा लागू हुन्छ ।

स्थानीय तहको भूमिका पनि चाहिन्छ यो विषयमा । जनप्रतिनिधिले एन्टिबायोटिकको प्रयोगको बारेमा जानकारी दिन छलफल चलाउने, सचेत गराउने काम गर्नुपर्छ । एन्टिबायोटिकको गलत प्रयोगले आज केही असर नदेखिएला तर, यसले केही वर्षपछि गम्भीर असर गर्छ ।

अन्त्यमा जनतालाई के भन्नुहुन्छ ?

कोभिडकै समयमा पनि बिना जाँच सामान्य रुघाखोकी वा ज्वरो आएको समयमा चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक किनेर खाएको विषय आइरहेको छ ।

यहाँ बुझन्ुपर्ने कुरा के हो भने, पछि हामीलाई स्वास्थ्यमा जटिलता भएर त्यही औषधि खानुपर्ने भयो भने त्यो औषधिले काम गर्दैन । किनभने, पहिले नै खाइसकेको औषधिले फेरिफेरि काम गर्दैन । जसलाई हाम्रो शरीरले पचाइसकेको हुन्छ । औषधिले त्यो रोग लगाउने किटाणुलाई मार्न सक्दैन ।

त्यसैले, स्वास्थ्य, कृषि र वातावरण मन्त्रालयले के गर्ने भनेर छलफल गरी सबै क्षेत्रको सहभागितामा ‘वन हेल्थ अप्रोच’बाटै अघि बढ्नुपर्छ ।

औषधिको समुचित प्रयोग गर्ने, पेसस्क्राइब गर्नेदेखि खानेहरुले आफ्नोआफ्नो जिम्मेवारी पूरा गरेर औषधि प्रयोग गर्ने, औषधिको गुणस्तरमा जोड दिने र नीति निर्माण गर्नेदेखि समुदायस्तरसम्मका व्यक्तिको आफ्नो जिम्मेवारी र सचेतना विकास गर्न जरुरी छ । यो सबै कार्य ‘वन हेल्थ अप्रोच’का माध्यमबाट मात्र सम्भव छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…