किम जोङ उनले लगाए चीनले पठाएको कोरोना भ्याक्सिन

चीनले उत्तर कोरियाली नेता किम जोङ र उनका परिवारलाई कोरोनाभाइरसको भ्याक्सिन उपलब्ध गराएको छ।

एकजना अमेरिकी विश्लेषकले दुई जापानिज खुफियालाई उद्धृत गर्दै चीनले उत्तर कोरियाली नेतालाई भ्याक्सिन उपलब्ध गराएको दाबी गरेका हुन्।

उत्तर कोरियाबारे जानकार ह्यारी काजियनिसका अनुसार चीनले किम जोङ उनलाई कुन कम्पनीको भ्याक्सिन उपलब्ध गराएको विषय भने खुल्न सकेको छैन। उनका अनुसार सो भ्याक्सिन प्रयोगको नतिजा सकारात्मक वा नकारात्मक के आएको विषयमा पनि थाहा भएको छैन।

‘किम जोङ उन र उत्तर कोरियाका उच्च पदमा रहेका उनका परिवारका सदस्यलाई कोरोना भाइरसको भ्याक्सिन गत दुईदेखि तीन साता भित्रमा उपलब्ध गराइएको थियो।

भ्याक्सिन चीन सरकारले पठाएको थियो,’ उनले वेभ पोर्टल १९-फोर्टी-फाइभमा लेखेका छन्।

अमेरिकी मेडिकल वैज्ञानिक पिटर होटेजका अनुसार कम्तिमा तीन वटा चिनियाँ कम्पनीले अहिले कोरोना भाइरसको भ्याक्सिन बनाइरहेका छन्। जसमा सिनोभ्याक बायोटेक लिमिटेड, क्यानसिन बायो र सिनोफार्म ग्रुप रहेका छन्।

सिनोफार्मले चीनमा १० लाख मानिसमा आफूले निर्माण गरेको भ्याक्सिनको परीक्षण गरेको जनाएको छ।

चीनका कुनै पनि कम्पनीले तेस्रो चरणको क्लिनिकल परीक्षणको नतिजाको विषयमा सार्वजनिक रूपमा सूचना दिएका छैनन्।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…