मिस नेपाल बौद्धिकता प्रदर्शन गर्ने थलो हो : डा. निगाता केसी

घोराही । मिस नेपाल २०२० को फाइनलिष्ट डा. निगाता केसीले मिस नेपाल बौद्धिकता प्रदर्शन गर्ने थलो भएको बताउनुभएको छ।मिस नेपालको मञ्चलाई सुन्दरता वा शरीर प्रदर्शनको थलोको रुपमा बुझ्नु गलत भन्दै उहाँले मिस नेपालमा बौद्धिकता र क्षमताको मापन हुने केसीको भनाइ थियो।दाङकी चेली केसीले भन्नुभयो– ‘म व्यक्तिगतरुपमा स्वास्थ्य क्षेत्रमा आबद्ध छु तर मिस नेपालमा सहभागी भएकी छु, यो एउटा प्लेटफर्म हो।’ यहाँबाट म आफूसँग भएको फरक क्षमताको प्रदर्शन गरिरहेको छु। छालारोग विशेषज्ञ बन्ने लक्ष बोकेकी निगाताले समाज सेवा अर्को महत्वपूर्ण रुची भएको सुनाउनुभयो।

नेपालमा महिलामाथि एसिड आक्रमण गर्ने क्रम बढेको भन्दै उहाँले त्यस्ता पीडितहरुको उपचार र सेवामा खटिने योजना रहेको बताउनुभयो। डा. निगाता पश्चिम नेपालबाट मिस नेपाल २०२० को फाइनल चरणमा एक्लो प्रतिस्पर्धी हुनुहुन्छ।

डा. निगातालाई जिताउन आइएमइ पे एपबाट भोट गर्न सकिनेछ। त्यसका लागि कुनै पनि मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा गएर आइएमई पे एप डाउनलोड गर्नुपर्नेछ। एप ओपन भएपछि इभेन्ट अप्सनमा गई उहाँलाई भोट गर्न सकिन्छ। त्यसपछि एप ओपन गरी प्रतिस्पर्धी नं. ७ कि निगातालाई भोट गर्नुपर्नेछ।

आफूलाई जिताउन मंसिर १९ गते राति १२ बजेसम्म भोट गर्न आग्रह गर्नुभयो।

यसैबीच डा. निगाता केसीलाई जिताउन दाङलगायत विभिन्न जिल्लाबाट निगाता जिताऔं अभियान शुरु गरिएको छ। दाङमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको संयोजकत्वमा अभियान शुरु गरिएको छ। संयोजक प्रियासनले डा. निगाता हामी सबै पश्चिम नेपालका जनताको गौरव भएकाले विजय गराउन आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउनुभयो।

डा. निगाताका बुवा विष्णुबहादुर केसीले आफ्नी छोरी डा. निगातालाई विजयी गराउन सबैलाई आग्रह गर्नुभयो। उहाँले निगाता आफ्नी मात्रै नभएर सबैकी छोरी भएकाले हौसला प्रदान गर्न आग्रह गर्नुभयो।

भर्खरै प्रकाशित

यस कारण प्रेम चोपडालाई देख्नेबित्तिकै मानिसहरु श्रीमती लुकाउँथे

प्रेम चोपडाको गन्ती बलिउडका ती कुख्यात भिलेनमध्ये हुन्थ्यो, जसलाई दर्शकले वास्तवमा नै डाँका ठान्ने गर्दथे । ८६ वर्ष पुगिसकेका प्रेम चोपडाले एक अन्तरवार्ताका बेला उनलाई…

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन…

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…