अधुरै रहयो ३० वर्षीय प्रेमबहादुर खत्रीको परिवारसँग घुम्‍ने योजना

दाङ — बिहीबार राति ११ बजेसम्म प्रेमबहादुर खत्री बुबा र श्रीमतीसँग भिडियो कलमा कुराकानी गर्दै थिए । चार वर्षदेखि अमेरिकामा रहेका भाइ लोकराज पनि कुराकानीमा जोडिएका थिए ।

अन्त्यमा ‘अब मेरो ड्युटी सुरु हुन्छ, हजुरहरू सुत्नुहोस्, घर आउन धेरै दिन बाँकी छैन, घर आएर घुमौंला, रमाऔंला’ भन्दै उनी छुट्टिएका थिए । केही दिनपछि बिदामा घर आउने र परिवारसँगै घुम्ने, रमाउने योजना शुक्रबार बिहान उनीसँगै अस्तायो ।

भारतको जम्मु–कश्मीरमा ड्युटीमा रहेका बेला शुक्रबार बिहान ५ बजेतिर कारमा आएका पाकिस्तानी से’नाले गो’ली हा’नी प्रे’मको ह’त्या गरे । सुरुमा प्रेमलाई गोली लागेको भनेर श्रीमती भगवतीलाई फोन आयो । पछि बुबा लालबहादुरले फोन गर्दा मृ’त्यु भइसकेको जानकारी पाए । त्यसपछि हतारहतार भारत गएका लालबहादुर शनिबार राति छोराको श’व लिई तुलसीपुर उपमहानगरपालिका–९ बेलुवास्थित घर फर्किएका हुन् ।

छोरा प्रेमको श’व जम्मु–कश्मीरबाट विमानमा लखनऊ ल्याएपछि त्यहाँबाट गाडीमा रातारात घर ल्याइएको लालबहादुरले बताए । भारतीय सेनामा १३ वर्ष बिताएका ३० वर्षीय प्रेमको केही वर्षपछि जागिरबाट अवकाश लिएर परिवारसँगै बस्ने योजना थियो ।

उनको घरमा मोटरसाइकल मात्रै छिर्ने गेट थियो, नेपाल फर्केपछि उनले गाडी किन्ने योजना सुनाएकाले धमाधम ठूलो गेट निर्माण भइरहेको छ । तर यी कुनै पनि सपना पूरा नहुँदै उनको मृ’त्यु भयो ।

‘भाग्यमा यति नै लेखेर आएको रहेछ । जागिर सकिन धेरै वर्ष बाँकी थिएन,’ भारतीय सेनाका अवकाश प्राप्त सुवेदार बुबा लालबहादुरले भने, ‘भाग्यले साथ नदिएपछि कसको के लाग्यो र ? अब जागिर सकिएपछि घरमा आएर काम गर्ने उसका धेरै योजनाहरू थिए, सबै सकिए ।’

जीवनको महत्त्वपूर्ण समय बाँकी रहँदै भएको उनको निधनले सबैलाई दुःखी बनाएको छिमेकी तुलसी केसीले बताए । ‘बुबाआमा, श्रीमती, छोराछोरी मात्र होइन, आफन्त र छिमेकीहरूलाई पनि सम्हाल्न कठिन भएको छ,’ उनले भने, ‘आमा र श्रीमती छिनछिनमा बेहोस भइरहेका छन् । डाक्टर ल्याएर उपचार गरिरहनुपरेको छ ।’

प्रेमको आइतबार शीतलपुर घाटमा अन्त्येष्टि गरिएको छ । उनका ७ वर्षीया छोरी र ५ वर्षीय छोरा छन् ।

भर्खरै प्रकाशित

निर्वाचन आयोगले दिएन नेकपा टुटेको मान्यता, सुर्य चिन्ह पुरानै ओली-प्रचण्ड…

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपाल दुवै समूहको कागजातहरु अध्ययन पछि…

अरुको नाममा रहेको सिम यसरी सजिलै आफ्नो नाममा दर्ता गर्नुहोस्

काठमाडौं । हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल…

नेकपा घोराही अध्यक्षमा बस्नेत, लमहीमा घिमिरे, बबइमा पुन र दंगीशरणमा…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष) दाङले रिक्त रहेका स्थानीय तहका पदाधिकारी मनोनित गरेको छ । पार्टी विभाजनसँगै ओली पक्षमा लागेर रिक्त रहेका पदाधिकारीमा मनोनित…

न्युज २४ ले भन्यो-‘सिधा कुरा जनतासँग’ कार्यक्रम नछोड्ने, रविसंग कानूनी…

११ माघ, काठमाडौं । ‘न्युज २४’ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बाहिरिएसँगै टेलिभिजनले वैकिल्पक प्रस्तोतामार्फत…

भाबाङलाई पर्यटकीय केन्द्र बनाउन युवाहरुको अभियान शुरु

भाबाङ । रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं ५ भाबाङ स्थित सिद्धपुजे मन्दिरलाई पर्यटनको केन्द्र बनाउन युवाहरु सक्रिय भएका छन् । सिद्धपुजे परोपकारी समाज मार्फत…