पोलमा होइन सल्लाको हरियो रुखबाटै तानियो बिजुलीको तार

हुम्ला । गाउँपालिका केन्द्रमा बत्ति बाल्न हरियो सल्लाको रुखबाट बिजुलीकोे तार तानिएको छ ।

याङगारमा रहेको पावर हाउसबाट लाईन तान्नका लागि पोल नहुँदा हरियो सल्लाको रुखबाट तार तानिएको हो ।

नाम्खा गाउँपालिका वडानं ४ याल्वाङ्गमा रहेको गाउपालिका केन्द्रमा बत्ति बाल्न सल्लाको हरियो रुखलाई पोल बनाएर बिजुलीको तार तानिएको छ ।

३४ किलोवाट उत्पादन गर्दै आए याङगार खोला लघुजलविधुत वितरण केन्द्रले याङगार गाउँबाट ल्याएको मेन लाइनलाई हरियो सल्लाको रुखमा टाँगिएको छ ।

याङगार खोला लघुजलविधुत वितरण केन्द्रले याङगार गाउँ, याल्वाङ्ग, गाउँपालिक, बैक, गुम्बा लगायतका स्थानीयको घरमा बत्ति बाल्नका लागि पोल नभएपछि गाउँमा जसरी पनि बत्ति बाल्नु पर्ने भन्दै रुखकै सहायता लिएर पनि बिजुली यसरी रूखमा लगाइएकाे नाम्खा ४ याङगारका नाक्पा नुर्बु लामाले बताए ।

पोल विना हरियो रुखबाट बिजुली विस्तार गरेकाले रुखको आसपास जाने मानिस तथा पशुपंक्षीलाई समेत खतरा हुने भएको छ । तर यस्तो क्षतितर्फ ख्याल नगरी हरियो रुखमा बिजुलीको तार तानिएको छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…