दुई अध्यक्षले छाडे हामी पार्टी र सरकार चलाउन तयार छौं: वर्षमान पुन

उर्जा मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य वर्षमान पुनले दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको बताएका छन्।

रोल्पाको लाकुरीमा सोमबार ३३/११ केभी सबस्टेशनको उद्घाटन समारोहमा मन्त्री पुनले दोस्रो पुस्ता पार्टी र सरकारको नेतृत्व गर्न तयार रहेको बताएका हुन्।

‘दुबै अध्यक्षले हामी प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्छौं र युवा पुस्तालाई नेतृत्व दिन तयार छौं भनेर निर्णय गर्नुस् हामी दोस्रो पुस्ताका नेता अध्यक्ष र प्रधानमन्त्री चलाउन तयार छौ,’ उनले भने,’उहाँहरूले भन्न सक्नपर्छ।

हामी उहाँहरूलाई अभिभावक मान्न तयार छौं। तर यो आवेग र उत्तेजनामा आएर गर्ने होइन। हामीले विधिसम्मत ढंगले टुंगो लगाउनु पर्छ। हामी त्यसका लागि तयार छौ।’

उनले नेकपाभित्रको बहसले सिंगो देशको राजनीति प्रभावित भएको भन्दै उनले सत्तारूढ पार्टीको बहस भएकाले यस्तो भएको बताए। जनताको म्यान्डेटले एकता भएकोले एकता कमजोर नहुने बताए।

‘पार्टीको विवादले देशमा समस्या हुन्छ कि भन्ने चिन्ता छ। हामी त्यसमा जान दिँदैनौ। संविधानले प्रदान गरेको अधिकार गुम्न दिँदैनौं,’ उनले भने,’पार्टीको बहस कहिले उच्च प्रवाहमा र कहिले न्यूनमा हुन्छ। यसले पार्टीलाई नयाँ ठाउँमा पुर्‍याउँछ।

ठूला विवादको निरूपण महाधिवेशनबाट गर्छौं। साना विवादको निरूपण केन्द्रीय कमिटीले गर्छ।’

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व नयाँ नेतृत्वलाई दिन चाहेको बताउँदै आएका छन्।

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…