कुकुरसँग खेल्दा खेल्दै मर्कियो बाइडेनको खुट्टा

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन सामान्य घाइते भएका छन्। आफ्नै कुकुर मेजरसँगै खेल्ने क्रममा उनको खुट्टा मर्किएको बताइएको छ। खुट्टाका कतिपय हड्डी फ्र्याक्चर भएकोले उनलाई केही हप्ता आरामको खाँचो रहेको उनका चिकित्सकले बताएका छन्।

शनिवार भएको यो घटनाबारे आइतवार अबेरमात्र उनका चिकित्सकले जानकारी गराएका हुन्। हड्डीमा चोट पुगेपछि बाइडेन डेलवेयर स्थित अर्थोपेडिक्स सेन्टरमा पुगेको उनको समूहले जनाएको छ।

नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई हराउँदै बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बनेका हुन्।

जनवरी २०, २०२१ मा उनले ह्वाइट् हाउसमा पद तथा गोपनियताको शपथ लिनेछन्। अमेरिकी राष्ट्रपतिको इतिहासमा उनी सबैभन्दा पाका उमेरका व्यक्ति हुन् – जो पहिलोपटक ७८ वर्षका व्यक्ति राष्ट्रपति बन्दैछन्। स्वास्थ्यमा भने उनी हरेक हिसाबले फिट रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…