ओली सरकार कामचलाउ जस्तो भयो : घनश्याम भुसाल

चितवन। कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले पार्टीसँगको सम्बन्ध राम्रो नभए सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको अगुवा कार्यकर्तासँग उनले पार्टीभित्र भएको किचलोको कारण सरकारले काम गर्न नसकेको बताए।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भुसालले भने, ‘गत मंसिर ४ गते सचिवालय बैठकले पार्टीलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्ने र सरकार अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्ष चलाउने भनेर मात्र म मन्त्री भएको हो। पार्टीभित्रको समस्या समाधान भयो भन्ने लागेर मन्त्री भएँ, तर अवस्था अहिले पनि उस्तै छ।’

‘अहिलेको अवस्थाजस्तै पार्टी र सरकारबीचको किचलो रहेमा समाजवादतर्फ मुलुकलाई लैजान सक्दैनौँ,’ उनले भने, ‘पार्टी आफैँ राम्ररी सङ्गठित भएर त्यो पार्टीले निर्देशन गरेको दिशामा सरकार हिँडेन भने त्यसले समृद्धि र समाजवाद ल्याउन सक्दैन, कामचलाउ काम मात्र गर्दछ।’

उनले अगाडि भने, ‘हामीले साढे दुई वर्ष किचलोका बीच बितायौँ, अब पार्टी र सरकारबीचको सम्बन्ध सुमधुर भएर गयो भने बाँकी रहेको समयमा धेरै काम गर्न सक्दछौँ।’ राम्रोसँग काम गर्ने हो भने बाँकी रहेको समय पर्याप्त छ हामीले जनचाहनाबमोजिमका काम गर्न सक्दछौँ तर पार्टी र सरकारबीचको सम्बन्ध सुमधुर हुनुपर्ने उनको भनाइ थियो।

पार्टीबीचको गुटबन्दीको अन्त्य नगरेसम्म सरकारले काम गर्न नसक्ने भन्दै उनले भने, ‘अब यो या त्यो समूहको भन्दै गुटबन्दी नगरी पार्टी हितमा लाग्नका लागि सबैलाई आग्रह गर्दछु।’ कृषि क्षेत्रलाई पर्याप्त बजेट नछुट्याएका कारणले काम गर्न नसकेको मन्त्री भुसालले चिन्ता व्यक्त गरे।

साठी प्रतिशत जनता कृषि पेशामा आबद्ध छन्, जसले २७ प्रतिशत योगदान राष्ट्रिय आयमा गरेको भन्दै उनले त्यसलाई २.५ प्रतिशत बजेट राखेर भारत र चीनसँग प्रतिस्पर्धा गर्न नसकिने बताए। कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णप्रसाद खनाल र नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियारले पार्टीको समसामयिक विषयमा मन्तव्य राखेका थिए।

भर्खरै प्रकाशित

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…