एनआइसी एसिया बैंकका सीइओ न्यौपानेको आम्दानी वर्ष दिनमा ३७ लाखले बढ्यो, बुझे अढाइ करोड

काठमाडौं। एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेको एक वर्षमा ३७ लाख रुपैयाँले आम्दानी बढेको छ। बैंकले २३औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख कार्यकारीसहित अन्य कर्मचारीको तलब सुविधा बढेको जनाएको छ।

अघिल्लो वर्ष न्यौपानेको कुल तलब सुविधा र नाफाबाट बोनस गरी २ करोड १३ लाख रुपैयाँ बुझेका थिए। गत वर्ष भने न्यौपानेले २ करोड ५० लाख रुपैयाँ बुझेका छन्।

न्यौपानेले भत्तासहित कुल वार्षिक तलब एक करोड ८० लाख बुझेका हुन्। यसबाहेक उनले ७० लाख ५९ हजार रुपैयाँ नाफाबाट बोनस पनि पाएका छन्। उनलाई बैंकले अन्य सुविधा अन्तर्गत एक सवारी साधन र ड्राइभर खर्च, बीमा, कर, मर्मतसम्भारलगायत खर्च पनि बैंकले दिएको छ।

बैंकले गत वर्ष बैंकले २ खर्ब ९१ करोड रुपैयाँ कर्मचारी तलब र बोनसमा खर्च गरेको छ। गत वर्षको मुनाफाबाट बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश बाँड्न लागेको छ। बैंकले १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश प्रस्ताव पारितका लागि अर्को साता साधारणसभा डाकेको छ।

बैंकले गत वर्ष एक अर्ब ४४ करोड रुपैयाँ वितरणयोग्य मुनाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा ४६ करोड ६६ लाख रुपैयाँ छ।

भर्खरै प्रकाशित

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…

निशा घिमिरेको स्वास्थ्यमा धेरै सुधार : ह्विल चेयरमा बस्न सक्ने…

काठमाडौं । उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो । अस्पतालले मंगलबार…