दक्षिण सुडानमा भड्किन लागेको हिं’सा नेपाली सेनाको सक्रियतामा रोकियो

सुडान – क्युवेटमा सशस्त्र समूहहरूबीचको सम्भावित झ’डपलाई नेपाली शान्ति सेनाले रोकेको छ ।

क्युवेटमा दुई समूहबीच झडप हुन लागेको खबर पाएसँगै केही मिनेटमा नै उक्त क्षेत्रमा नेपाली सेनाको टोली पुगेर स्थिति नि’यन्त्रणमा लिएको दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिस) ले उल्लेख गरेको छ ।

दक्षिण सुडानको लेक क्षेत्रको क्युवेट शहरको उत्तरमा १२ किलोमिटर उत्तरमा पर्ने गाईवस्त शिविरमा एक युवकको ह’त्या भएको विषयलाई लिएर भड्किन लागेको हिं’सालाई सेनाले नि’यन्त्रणमा लिएको हो ।

घटनाको एक दिन पछि उक्त समुदायका करीव ६० जना सदस्यहरूले ह’तियारहरू जम्मा गरेर उनको मृत्युको बदला लिन शहरतर्फ लागेको अनमिसले जनाएको छ ।

उक्त शहरमा प्रतिकारका लागि अर्को एक सय जनाको समूह ह’तिया’रसहित बसेको सूचना नेपाली सेनाको टोलीले प्राप्त गरेको थियो ।

नेपाली टोलीले तुरुन्त सैनिकहरुको एक पल्टन पठाउँदै उक्त समूहहरुलाई रोकेको थियो । शान्ति सेनाले स्थानीय प्रहरीको सहयोगमा काम गरेको थियो सो समूहले धम्कीको जवाफ पनि दिएका थिए ।

‘हाम्रो काम भनेको सुरक्षा अवस्थाको आँकलन गर्नु, सशस्त्र समूहहरुलाई रोक्नको लागि इलाकामा पेट्रोलिङ्ग गर्नु, सुरक्षा उपलब्ध गराउनु र आवश्यक परेमा सर्वसाधारणलाई संरक्षण गर्न हस्तक्षेप गर्नु थियो’, नेपाली क्विक रियाक्शन फोर्सका कमाण्डर कप्तान बिज्ञान बिष्टले भने ।

अनमिस र स्थानीय सुरक्षाकर्मीहरुको संयुक्त प्रयासले सशस्त्र समूह आफ्नो गाउँ फर्किएका छन् । सम्भावित हिँ’सात्मक झ’डप रोक्न सहयोग गरेको भन्दै त्यहाँका जनताले आफ्नो धन्यवाद दिएका छन् ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…