गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टरमा चरा ठोकिएपछि दु’र्घटना

गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टर नुवाकोटमा दु’र्घटना भएको छ ।

कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर दु’र्घटना भएको हो । उडिरहेको हेलिकप्टरमा चिल चरा ठोकिएपछि दु’र्घटना भएको गलकोट नगरपालिका वडानम्वर ३ का वडा अध्यक्ष वीर जंग भण्डारीले जानकारी दिनुभयो ।

उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि बेलकोटगढि नगरपालिका वडा नम्वर ६ मा आकस्मीक अवतरण गरेको बताईएको छ । हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भण्डारी सहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालकको अवस्था समान्य रहेको बताईएको छ । भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको छ ।

हटियाबाट १२ बजेर ५० मिनेटमा उडेको हेलिकप्टर पौने २ बजे दु’र्घटना भएको हो । चरा ठोकीदा हेलिकप्टरको अगाडिको सिसा फुटेको छ भने अगाडिको भागमा क्षति पुगेको छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…