चिनियाँ राष्ट्रपतिपछि उच्चस्तरको भ्रमण हुँदै, रक्षामन्त्री वेई फेङ्हे आज नेपाल भ्रमणमा आउने

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङहे आज नेपाल भ्रमणमा आउँदैछन् । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि हुन लागेको यो अर्को उच्चस्तरको भ्रमण हो ।

उनी आजै बेलुका फर्किने कार्यक्रम तय भएको छ । चीनको राज्य सल्लाहकार, केन्द्रीय सेना आयोगका सदस्य र गणतन्त्र चीनको रक्षामन्त्रीसमेत रहेका फेङहे एकदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, प्रधान सेनापति पूर्णचन्द्र थापालगायतसँग भेटवार्ता गर्नेछन् । रक्षामन्त्री फेङहेको भ्रमणलाई नेपाली सेनाले कार्य भ्रमण भनेको छ ।

उनको वर्तमान परिस्थितिमा सुरक्षा, रक्षा र सैन्यदेखि द्विपक्षीय सैनिक सहयोग एजेन्डामा उच्च प्राथमिकतामा राखिएको छ ।

नेपाली सेना र चीनको जनमुक्ति सेना (पीएलए) बीच लामो र बलियो सम्बन्ध छ । पीएलएले नेपाली सेनाको आधुनिकरणका लागि सहयोग गर्दै आएको छ ।

गतवर्ष तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलको चीन भ्रमणमा हुँदा नेपाली सेनाका लागि १५० मिलियन आरएमबी (चिनियाँ मुद्रा) सहयोग गरेको थियो । चिनियाँ पक्षले पठाउने भनेको सो सामग्री कोरोना महामारीका कारण रोकिएको थियो ।

राष्ट्रपति सी चिनफिङपछि रक्षामन्त्री फेङहे दोस्रो वरिष्ठ नेता हुन्, जो नेपाल भ्रमण गर्दैछन् । उनको सुरक्षार्थ नेपाली सेनाले उच्च सैनिक सुरक्षा प्रदान गर्ने भएको छ । फेङ्हेको नेतृत्वमा उनका मन्त्रालयका सदस्यहरु, अनुवादक र अन्य महत्वपूर्ण व्यक्तित्वहरु सहभागी हुनेछन् ।

भर्खरै प्रकाशित

न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति आपत्ति जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय सर्वोच्च अदालतले सरकारका…

मन्त्रीहरूको कार्यभार तोकियो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार कृष्णगोपाल श्रेष्ठलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री र मन्त्रीहरूको कारभार तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको सिफारिसबमोजिम कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका…