विश्वको कुनै पनि शक्तिले प्रचण्डलाई कारबाही गर्न सक्दैन : दिपेन्द कँडेल

हेग भनेको एउटा सहरको नाम हो । जहाँ अन्तर्राष्ट्रिय अदालत छ । पछिल्लो केही समययता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लैजाने भन्ने विषयमा चर्चा भइरहेको छ ।

पहिलो कुरा के बुझ्न जरुरी छ भने हेगमा कुनै पनि व्यक्तिले मुद्दा लड्न पाइदैन । कुनै पनि एउटा देशले अर्को देशको विरुद्ध मुद्दा लड्ने हो । मतलब नेपालले भारतको विरुद्धमा वा भारतले नेपालको विरुद्ध । कुनै एक व्यक्तिले अर्को व्यक्तिको विरुद्ध मुद्दा लड्ने ठाउँ होइन, हेग । तसर्थ,
सर्वप्रथमत : हेगमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लैजाने कुरा वाइयात हो ।

म तपाईहरुलाई भन्न चाहन्छु, प्रचण्ड भन्ने व्यक्तिको नामको पक्षमा म छैन, तर म शान्तिप्रक्रियाको पक्षमा छु । जुन शान्तिप्रक्रियाका जिउँदो हस्ताक्षरकर्ता प्रचण्ड हुन् । हामीले बुझ्नुपर्ने कुरा के हो भने गिरिजाप्रसाद कोइराला र प्रचण्डको नेतृत्वदायी भूमिका नभएको भए जनयुद्धकालमा १८ हजार मात्रै होइन, १८ लाख जनता मर्थे यो देशमा । त्यसैले गिरिजाबाबुको लिडरसिप र प्रचण्डको नेतृत्वदायी भूमिकालाई हामीले सम्मान गर्नुपर्छ ।

केही दिनअघि अध्यक्ष प्रचण्डले आफूलाई हेगमा लगेको खण्डमा आफू विश्वकै हिरो भएर निस्किने अभिव्यक्ति दिनुभएको छ । हो, साँच्चै हेगमा लगेको खण्डमा प्रचण्ड साँच्चै हिरो बन्नेछ, यो सत्य हो । आज रुवाण्डाको घट्ना सबैलाई थाहा हुनुपर्छ । प्रचण्डको लिडरसीपका कारण यो देश त्यस्तो दुरगती हुनबाट जोगिएको छ । यो हामीले बुझ्नुपर्छ ।

केही मान्छेहरु अहिले दिन–दिनै प्रचण्डलाई हेगमा लैजान्छु, भनेर बोलिरहेका छन् । म उनीहरुलाई सोध्न चाहन्छु, प्रचण्डलाई लैजानेले किन बोल्ने ? लगेर देखाओस् । प्रचण्ड एउटा व्यक्ति होइन, देशको भर्सनालिटी (बहुप्रतिभाका धनी) फिगर हो । जसले देशलाई शान्तिप्रक्रियामा ल्याएको छ ।

मुल कुरा भनेको प्रचण्डलाई हेगमा लैजान्छु भनेर नेपालकै नेताहरुले उचालिरहेका छन् । प्रचण्डजी अमेरिका जाने भन्ने कुरा कसलाई थाहा थियो ? एउटा चिठी बनाउन ५ दिन लाग्छ, प्रचण्डजी जानेवित्तिकै लेटर हालेर पक्राउ गर्न एक महिना लागछ ? आखिर त्यतिबेला यो लेटर लेख्न लगाउने को हो ?

अन्तिममा, विश्वको कुनै पनि शक्तिले प्रचण्डलाई कारबाही गर्न सक्दैन । प्रचण्ड आफैँमा फरक खालका क्षमता र बुद्धि भएका नेता हो । त्यसैले हामीले खुल्ला दिलले प्रचण्डलाई देश बनाउने जिम्मा दिनुपर्छ । हेगको डर प्रचण्ड या कसैले लिनुपर्दैन ।

भर्खरै प्रकाशित

साउनदेखि लाइसेन्स निकाल्न नयाँ व्यवस्था : अब ट्रायलमा आफ्नै सवारी,…

सरकारले तोकेको समयभन्दा दुई महिना ढिलो गरी सवारी लाइसेन्स प्राप्तिको नयाँ व्यवस्था कार्यान्वयनको तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगात्मक र लिखित परीक्षा पास गर्नेबित्तिकै स्थायी…

न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति आपत्ति जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय सर्वोच्च अदालतले सरकारका…

मन्त्रीहरूको कार्यभार तोकियो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार कृष्णगोपाल श्रेष्ठलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री र मन्त्रीहरूको कारभार तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको सिफारिसबमोजिम कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…