इरानका शीर्ष परमाणु वैज्ञानिकको ह’त्या – इजरायलको हात रहेको इरानको दाबी, बदला लिने चेतावनी

काठमाडौँ — इरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको ह’त्या भएको छ । इरानी रक्षा मन्त्रालयले शुक्रबार आफ्नो मुलुककै शीर्ष परमाणु वैज्ञानिक फखरीजादेहको ह’त्या भएको जानकारी दिएको हो ।

इरानी सञ्‍चारमाध्यमका अनुसार उनलाई राजधानी तेहराननजिकैको अबसार्ड सहरमा एम्बुस आ;क्रमण गरिएको थियो । आ;क्रमणमा गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको इरानी रक्षा मन्त्रालयले बताएको छ ।

इरानका विदेश मन्त्री मोहम्मद जवाद जरिफले फखरीजादेहको ह’त्याको निन्दा गर्दै यसलाई ‘राज्य प्रायोजित आतंक’ को संज्ञा दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘आतंकवादीहरुले इरानका प्रख्यात वैज्ञानिकको ह’त्या गरेका छन् ।’

पश्चिमा मुलुकका जासुसी संस्थाहरुले इरानको गोप्य परमाणु हतियार कार्यक्रमको पछाडि फखरीजादेहको हात रहेको बताएको बीबीसीले उल्लेख गरेको छ । इरानी विदेशमन्त्री जरिफले आफ्ना वैज्ञानिकको ह’त्यापछाडि इजरायलको हात हुन सक्ने बताएका छन् ।

सन् २०१८ को अप्रिलमा इरानको आणविक कार्यक्रमका बारेमा एउटा प्रस्तुति दिने क्रममा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इरानी वैज्ञानिक फखरीजादेहको नाम उल्लेख गरेका थिए । इजरायलले भने आफूमाथि लागेको आरोपको अहिलेसम्म प्रतिक्रिया दिएको छैन ।

इरानी सेनाको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स(आईआरजीसी) ले इरानले आफ्ना वैज्ञानिकको ह’त्याको बदला लिइछाड्ने बताएको छ । आईआरजीसीका मेजर जनरल हुसेन सलामीले भनेका छन्, ‘परमाणु वैज्ञानिकको ह’त्या गरेर हामीलाई आधुनिक विज्ञानसम्म पुग्ने रोक्ने प्रयास गरिएको छ ।’

मोहसिन फखरीजादेह इरानका प्रमुख परमाणु वैज्ञानिक तथा आईआरजीसीका वरिष्ठ अधिकारी थिए । सन् २०१५ मा न्युयोर्क टाइम्सले फखरीजादेहको तुलना रोबर्ट ओपनहाइमरसँग तुलना गरेको थियो । ओपनहाइमर म्यानहट्टन परियोजनाका अगुवा थिए जसले दोस्रो विश्वयुद्धका बेला पहिलो परमाणु बम बनाएका थिए ।

अमेरिकी खुफिया एजेन्सी सेन्ट्रल इन्टेलिजेन्स(सीआईए) का पूर्वप्रमुख जोन ब्रेनानले इरानी वैज्ञानिक फखरीजादेहको ह’त्यालाई ‘अत्यधिक लापर्बाहीपूर्वक गरिएको आपराधिक कृत्य’ संज्ञा दिएका छन् । यस घटनाले घातक प्रतिशोध र क्षेत्रीय संघर्षको नयाँ दौर निम्तिन सक्ने चेतावनी पनि उनले दिएका छन् ।

उनले इरानी नेताहरुलाई वैश्विक मञ्‍चमा जिम्मेदार अमेरिकी नेतृत्वको पुनरागमनलाई पर्खन आग्रह गर्दै दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् ।

भर्खरै प्रकाशित

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन…

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…