भ्रष्टाचार मुद्दामा इन्डोनेसियाली मन्त्री दम्पतीसहित १७ जना प’क्राउ

जाकार्ता । इन्डोनेसियाली एक मन्त्रीलाई समुद्री झिँगाहरुको ओसारपसार सम्बन्धी नीतिमा भ्रष्टाचार गरेको अभियोगमा प्रहरीले प’क्राउ गरेको छ । यसै मुद्दामा मन्त्री र उनकी पत्नीसहित १७ जना प’क्राउ परेका छन् ।

समुद्री तथा मत्स्यमामिला मन्त्री इधी प्राबोवोलाई प्रहरीले प’क्राउ गरेको हो । सरकारी अधिकारीहरुले यस मुद्दाबारे सोधपुछ गर्न बोलाउँदा मन्त्री इधीले उपस्थित हुन इन्कार गरेपछि प्रहरीले उनको निवासमै पुगेर प’क्राउ गरेको जनाएको छ ।

यसबारे राजधानी जाकार्तामा बुधबार साँझ पत्रकार सम्मेलन मार्फत जानकारी दीइएको थियो । मन्त्री इधीले झिँगा ओसारपसारबारे निर्णय गर्ने क्रममा आयतकर्ताहरुसँग मिलेर ६ लाख ९५ हजार ६ सय ५५ अमेरिकी डलर भ्रष्टाचार गरेको बताइएको छ ।

यस मुद्दामा अरु थप सात जना पनि अनुसन्धानको घेरामा परेको यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

भर्खरै प्रकाशित

स्वघाेषित सामाजिक ‘अभियन्ता’को आ’तंक, जतासुकै तीन करोड नेपालीको धम्की

नवराज कुँवर / शिलापत्र ६ फेब्रुअरी २०२० मा एचबीएम नेपाल नामक युट्युब च्यानलमा एउटा भिडियो अपलोड भयो, जहाँ आफूलाई सामाजिक अभियन्ता दाबी गर्नेहरूबीच कु’टा’कुट परेको…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…