कोरोना संक्रमित भेन्टिलेटरमा पुगे फर्किने संभावना न्यून

कुमार  श्रे ष्ठ / युगबोध 

बाँके। बाँकेका दुई ठूला अस्पतालमा ३० जना कोरोना संक्रमितलाई भेन्टिलेटरमा राखियो। भेन्टिलेटरमा पुगेका ३० मध्ये २६ जनाको मृ’त्यु भयो।

भेरी अस्पतालमा ११ र मेडिकल कलेज कोहलपुरमा १९ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। त्यसमध्ये भेरीमा एक र कोहलपुर मेडिकल कलेजमा तीन जनामात्रै बाँच्न सफल भए। भेन्टिलेटरमा पुगेका कोरोना संक्रमितलाई बचाउन सकिदैन ? भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा भन्नुहुन्छ– ‘कोरोना संक्रमितको हकमा बचाउन गाह्रो भइरहेको छ।’ उहाँका अनुसार, कोरोनाले फोक्सोमा असर पु¥याउँछ। सास फेर्न नै गाह्रो भएपछि भेन्टिलेटरमा लगिन्छ। भेन्टिलेटर राखेर उपचार गर्दा पनि फोक्सोले पहिलाको जसरी काम गर्ने सम्भावना कम भइरहेको छ।

‘कोरोनाबाहेकका बिरामी भेन्टिलेटरमा पुगे पनि बचेको पाइन्छ’– भेरीका मेसु डा. थापा भन्नुहुन्छ– ‘अरु बिरामीको फोक्सो राम्रो हुन्छ र फर्किन्छ। तर कोरोनाले फोक्सोमा असर गर्ने भएकाले भेन्टिलेटरमा पुगेकालाई बचाउन गाह्रो हुने गरेको छ।’ उहाँका अनुसार कोरोना संक्रमित भेन्टिलेटरमा पुगेको छ भने ४÷५ प्रतिशतमात्रै फर्किन्छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, बाँकेमा बिहीबार तीन जनालाई भेन्टिलेटरमा राखिएको छ। कोरोनाका सिकिस्त बिरामी ३९ जना छन्, भेरीमा २६ र कोहलपुरमा १३ जना। सबै सिकिस्त बिरामी भेन्टिलेटरमा लैजानुपर्दैन। जसको फोक्सो र मुटुले काम गर्न छोड्छ, उसलाई भेन्टिलेटरमा लगिन्छ। मेसिनबाट फोक्सो र मुटुलाई चलाइन्छ। कोरोना बिरामीका हकमा भने भेन्टिलेटरमा पुगेका बिरामीलाई ‘सास छँदै आफन्तीले मुख हेर्नेमात्र’ जस्तो भएको छ। बचाउन गाह्रो भइरहेको छ।

कोरोनाका बिरामीलाई तीन चरणमा बाँड्ने गरिएको छ, सिकिस्त, मध्यम र सामान्य। बाँकेमा बिहीबार ४२ जना मध्यम खालका बिरामी छन्। भेरीमा २७ र कोहलपुरमा १५ जनाले उपचार सेवा लिइरहेका छन्। सामान्य खालका छजना कोहलपुर मेडिकल कलेजमा छन्।

लक्षण चिन्ह नदेखिएका कोरोना संक्रमितहरु घरमै बस्ने गरेका छन्। यो संख्या अस्पतालमा भन्दा धेरै रहेको छ। फोकलपर्सन श्रेष्ठका अनुसार, बाँकेमा एक सय २७ जना होम आइसोलेशनमा बसेका छन्। त्यसमा नेपालगञ्ज उपमहानगरपालिकामा ५३, कोहलपुर नगरपालिकामा ४४, खजुरा गाउँपालिकामा नौ, बैजनाथमा पाँच, जानकीमा चार, राप्तीसोनारी गाउँपालिकामा १२ जना रहेका छन्। डुडुवा र नरैनापुर गाउँपालिकामा होम आइसोलेशनमा कोही पनि छैनन्।

बाँकेमा कोरोना संक्रमणबाट ८८ जनाको मृ’त्यु भएको छ। त्यसमा बाँकेका ३८ र बाहिरी जिल्लाका ५० जना छन्। बाहिरी जिल्लाको हकमा दाङका बढी संक्रमितको बाँकेमा मृ’त्यु भएको छ। दाङका दुईदर्जन हाराहारीमा मृ’त्यु भइसकेको छ। बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, अछाम, अर्घाखाँची, रुकुम पश्चिम, रोल्पा, प्युठानका मानिसको बाँकेमा मृ’त्यु भएको छ।

बाँकेमा तीन हजार सात सय ९८ जना कोरोना संक्रमित भएका छन्। त्यसमध्येमा तीन हजार पाँच सय ८३ जना निको भएर घर गएका छन्। एक सय ७७ जना अहिले आइसोलेशनमा छन्।

भर्खरै प्रकाशित

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…