नारायणगढमा रहेका पूर्वयुवराज पारस शाहको छातीमा समस्या, चिकित्सकको टोली होटलमै पुगेर उपचार गर्दै

चितवनमा रहेका पूर्वयुवराज पारस शाहको छातीमा समस्या देखिएपछि चिकित्सकको टोली उनी बसेको होटलमै उपचारका लागि पुगेको छ।

सोमबार दिउँसो भैरहवाबाट आफैंले गाडी चलाएर चितवन आइपुगेका उनी नारायणगढस्थित होटल सेन्ट्रल पाल्ममा बसेका थिए।

अपरान्ह छातीमा समस्या देखिन थालेपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मी नेतृत्वको टोली स्वास्थ्य सामग्रीसहित उपचारमा खटिएको छ।

डा. रेग्मीकाअनुसार पूर्वयुवराज शाह अहिले आराम गरिरहेका छन्। अहिले इसिजी र रगत परीक्षणको तयारी भइरहेको रेग्मीले बताए।

इसिजी रिपोर्टपछिको अवस्था हेरेर उनलाई अस्पताल लैजाने तयारी भएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिए।

‘अस्पतालले उहाँको उपचारको सम्पूर्ण तयारी गरेको छ,’ देवकोटाले सेतोपाटीसँग भने, ‘उहाँले केही समय होटलमै आराम गरेर हेरौं भन्नुभएको छ।’

शाहमा मुटुसम्बन्धी पुरानो समस्या भएका कारण त्यही समस्या दोहोरियो कि भनेर सतर्कता अपनाइएको डा.रेग्मीले बताए।

यसअघि शाहलाई तीन पटकसम्म हर्टअट्याक भएको थियो।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…