गुञ्जियो पोखरामा ‘श्रीमान गम्भीर नेपाली..’, राजसंस्था व्युँताउने भन्दै लगाइयो गणतन्त्र विरोधी नारा

पोखरा १० मंसिर । पश्चिमाञ्चलवासी नेपाली जनताहरुको आयोजना नाममा आज पोखरामा भएको कार्यक्रममा गणतन्त्रले देश नै बेच्न लागेको भन्दै हजारौं युवाहरु “ राजा आउ देश बचाउ” को नारा लगाउँदै बाजागाजासहित सडकमा निस्किएका छन् ।

देशव्यापीरूपमा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा र्याली तथा आमसभा हुँदै आईरहेको बेला बुधबार पोखरामा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा विशाल मोटरसाइकल र्याली निकालिएको हो ।

हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने पञ्चायतकालीन नारा लगाउँदै कोरोनाको महामारीकाबीच हजारौं युवाहरु सडकमा उत्रिएका थिए ।

उक्त अवसरमा राजा ल्याऔं देश बचाऔं, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘अखण्ड नेपाल जिन्दावाद’, गणतन्त्र मुर्दावाद’ लगायतका नारा लगाएका थिए । र्यालीमा सहभागी प्रत्येक सवारी साधनमा नेपालको राष्ट्रिय झण्डा, पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल शाहको तस्वीर टाँसिएका थिए ।

कास्कीका साथै गण्डकी प्रदेशका विभिन्न जिल्लाका नागरिकहरु पश्चिमाञ्चलवासी नेपाली जनता नामक र्यालीमा सहभागी हुन आएका थिए । प्रहरीको कडा सुरक्षाको घेराबाट पोखराको अमरसिंह चौरबाट निस्किएको र्याली पृथ्वीचोक, मुस्ताङचोक, लेकसाइड, हल्लनचोक, सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुंगास्थित मानवअधिकारचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्यालीमा सहभागी शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले नेपालमा जसरी पनि राजसंस्था ब्युँत्याएरै छाड्ने बताए । आफूहरुको यो अभियानमा देशभरका नागरिकले स्तवःस्फूर्त रुपमा साथ दिएकाले राजसंस्था पुनर्वहाली भएरै छाड्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको रोचकताको लागि अघिल्लो राष्ट्रिय गान “श्रीमान गम्भीर नेपाली” रातो र चन्द्र सूर्य र फेरि आउ भन्दै गायक प्रयत्न श्रेष्ठले प्रस्तुति दिएका थिए ।

 

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…