टाउको शल्यक्रिया भन्दै पेट चिरियो, चितामा शव राख्दा थाहा पाए आफन्तले

ध्रुव भट्टराई / थाहा खबर 

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा टाउकोको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएका एक युवकको पेट चिरेको पाइएपछि मृत्युको घटना शंकास्पद भएको छ।

अस्पतालले टाउकोको शल्यक्रियापछि मृत्यु भएका उनको शव केराबारीमा लगेर अन्तिम संस्कार गर्न चितामा राखेपछि पेट चिरेको देखिएको थियो। त्यसपछि आफन्तले शव उठाएर पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेका छन्।

राति करिब ८ बजे चितामा राखेर आगो लगाउनुअघि कपडा खोल्दा पेटमा प्वाल देखिएकाले मत्युको घटना शंकास्पद देखिएपछि चिताबाट उठाएर पोष्टमार्टमका लागि शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

नाइटो नजिकै पेटमा पाँच टाँका लगाएको देखिएपछि स्थानीय र आफन्तले शवको अन्त्येष्टि नगरी राति १२ बजे चिताबाट उठाएर पोष्टमार्टमका लागि शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेका छन। अस्पतालका जनसम्पर्क अधिकारी नारायण दाहालले भनें बिक्की ऋषिदेवको शल्यक्रियाका क्रममा कुनै बदमासी नभएको दाबी गरेका छन्।

‘विरामीको टाउकोमा पानी जमेकाले पानी निकाल्न पेट चिरेर पाइप राखिएको हो,’दाहालले भने,‘टाउकोमा पानी जमेका विरामीको पानी निकाल्न यो विधि अपनाइने गरिन्छ।’

बिक्कीको पनि शल्यक्रिया गर्दा सोही विधि अपनाइएको मात्र हो।यसमा पेट चिरिनुमा शल्यक्रियामा संलग्न चिकित्सहरुको कुनै गल्ति छैन।’तर स्थानीयले घटना शंकास्पद भएकोले भन्दै छानविन हुनुपर्ने बताएका छन्।

टाउकोको शल्यक्रियाका क्रममा मृत्यु भएका केराबारी गाउँपालिका–९ बेलचौरीका ३० वर्षीय बिक्की ऋषिदेवको पेटमा पाँच टाँका लगाएको भेटिएको छ। अति विपन्न परिवारका बिक्कीलाई स्थानीयले चन्दा उठाएर नोबेलमा उपचारको लागि भर्ना गरेकोमा शुक्रबार उनको टाउकोको शल्यक्रिया भएको थियो।

शल्यक्रियापछि शनिबार नै उनको मृत्यु भएकोमा अस्पतालले पैसा सबै नतिरेसम्म शव नदिने भन्दै तीन दिनसम्म रोकेर राखेको थियो। स्थानीयले पुनः चन्दा उठाएर उपचार खर्च दिएपछि सोमबार साँझ मृतकको लिएर आफन्त केराबारी पुगेका थिए।

अस्पतालको उपचार खर्च तिर्न नसक्दा शव नै बन्धक

बिक्कीको टाउकोको शल्यक्रिया गर्दा १ लाख ८२ हजार २ सय रुपैयाँको बिल नोबेलले उठाएको थियो। सो रमकमध्ये ५८ हजार रुपैयाँ सरकारको विपन्न नागरिक सहायता कोषबाट र बाँकी रकम चन्दा उठाएर तिरेको थिए।

नोबेलले अतिविपन्न बिक्की ऋषिदेवको उपचार खर्चमा छुट दिन इन्कार गर्दै शव नै बन्धक बनाएको थियो। स्थानीयको सहयोगमा रकम बुझाएर अन्तिम शव लगेपछि संस्कार गर्न अस्पतालबाट छुटाएर घर लगेका थिए।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…