बिल गेट्सलाई उछिन्दै मस्क बने विश्वकै दोस्रो धनी व्यक्ति

९ मंसिर, काठमाडौं । बिल गेट्सलाई उछिन्दै अर्बपति उद्यमी एलन मस्क विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गको बिलिनियर इन्डेक्सअनुसार टेस्लाको शेयर भाउ बढेसँगै उनको नेटवर्थ पनि सात अर्ब २० करोड डलर बढेको हो ।

यससँगै उनको समग्र नेट वर्थ एक खर्ब २७ अर्ब ९० करोड डलर पुगेको छ । मस्कले केही समयअघि मात्र फेसबुकका सीईओ मार्क जुकरबर्गलाई उछिन्दै सबैभन्दा धनी मानिसको सूचीमा तेस्रो स्थानमा आएका थिए । सन् २०२० मा मात्र मस्कको सम्पत्ति एक खर्ब डलरले बढेको छ । गत जनवरीमा ब्लूमबर्गको पाँचसय सबैभन्दा धनी मानिसको सूचीमा मस्क ३५ औं स्थानमा थिए ।

विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ रहेका मस्क सबैभन्दा धनी मानिसको सूचीमा अमेजनका सीईओ जेफ बेजोसभन्दा पछाडि छन् । बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति हुन् ।

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स भने सबैभन्दा धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा छन् । उनको समग्र सम्पत्ति एक खर्ब २७ अर्ब ७० करोड डलर छ ।

यद्यपि उनले अहिलेसम्म ५० अर्ब डलर दान गरिसकेका छन् । उनले अधिकांश रकम आफ्नो बिल एण्ड मेलिण्ड गेट्स फाउण्डेसनबाट खान गरेका छन् । यो संस्थाले अहिले कोरोना खोप विकासको लागि पनि सहयोग गरेको छ ।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…