१३ गतेअघि ओलीले कसैसँग नभेट्ने

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सचिवालय बैठक अघि पार्टीभित्र विद्यमान विवादका बिषयमा कसैसँग भेटवार्ता नगर्ने अडान लिएको बुझिएको छ ।

ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि लगाएको लिखित औपचारिक आरोपको लिखितै जवाफ दिएपछि मात्र भेटवार्ता गर्ने आफ्ना सहयोगीहरुलाई बताएको बालुवाटार निकट समाचार सूत्रले जनाएको छ ।

नेकपाको सचिवालय वैठक अ‌ाउँदो १३ गते बस्दैछ । यो बैठकमा ओलीले लिखित जवाफ दिने तयारी गरिरहेको बुझिएको छ । यसका लागि उनले भाषामा दख्खल भएका केही सहयोगीलाई बुँदागत जवाफ टिपाउँदै त्यसको सिलसिलावध्द विवरण लेखाईरहेका छन् ।

प्रचण्डको आरोपको जवाफ नदिन र मेलमिलामा जान सुझाव दिईरहेका नेता र सहयोगीहरुसँग ओलीले आउँदो सचिवालय बैठकमा लिखित जवाफ नदिई नछाड्ने अडान सुनाएको थाहा भएको छ ।

म १३ गते अघि कसैसँग वार्ता गर्दिन, जवाफ दिन्छु अनि आवश्यक परे भेटघाट गरौंला भनेर उनले सहयोगीहरुसँग भनेका सूत्रले बताएको छ ।

अर्का अध्यक्ष प्रचण्डले अ‌ारोपपत्र सार्वजनिक गरेपछि १३ गतेको बैठकमा अ‌ोलीले त्यसको जवाफ दिँदै छन् ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…