सिसिएमसीको बैठक बस्दै, फेरि लकडाउन गर्ने तयारी !

काठमाडौं । आज मंगलबार कोभिड संकट व्यवस्थापन समिति (सिसिएममी)को बैठक बस्दैछ । आज बस्ने बैठकले लकडाउनको विषयमा निर्णय गर्ने सम्भावना रहेको उपत्यका मेयर फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले बताए ।

श्रेष्ठले आज बस्ने बैठकमा के के छलफल गर्ने भन्ने एजेण्डा नदिएको बताए । तर, लकडाउनको विषयमा केही निर्णय भने हुने उनले बताए । अहिले कक्षा १२ को परीक्षा चलिरहेको छ । परीक्षाको कारण लकडाउन केही पर सर्न सक्ने पनि उनले बताए ।

योभन्दा अगाडिको बैठकमा उपत्यका मेयर फोरमले उपत्यकामा सरकारले लापरवाही गरेका कारण कोरोना संक्रमण बढेको निष्र्कषसहित थप लकडाउन गर्नुपर्ने बताएको थियो । मेयर फोरमको प्रस्तावलाई सरकारले पोजेटिभ रुपमा लिएको जनाएको छ ।

तर, मेयर फोरमको लकडाउन गर्ने प्रस्तावलाई जनस्वास्थ्य विज्ञहरुले भने ठीक नभएको बताउँदै आएका छन् । समुदायस्तरमा कोरोना फैलिसकेको अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रणको अन्य उपाय प्रयोग गर्नुपर्ने विज्ञहरुले सुझाव दिँदै आएका छन् । फाइल तस्विर 

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…