अमेरिकामा डिसेम्बरसम्म कोरोना खोप उपलब्ध हुन सक्ने

वासिङ्टन । अमेरिकी नागरिकहरूले कोभिड–१९ विरुद्धको खोप पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन् । अमेरिकाको कोभिडविरुद्धको खोप कार्यक्रमका प्रमुख डा. मोन्सेफ स्लावीले सीएनएनसँग उक्त कुरा बताएका हुन् ।

स्लावीले प्रयोगका लागि स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्‍याइने योजना सुनाए । देशव्यापी रूपमा कोभिड–१९ को संक्रमण बढिरहेका बेला उनले त्यस्तो बताएका हुन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा १ करोड २० लाखभन्दा धेरै मानिसमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ । कम्तीमा २ लाख ५५ हजार जनाको मृत्यु भइसकेको छ ।

अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोप प्रयोगका लागि आकस्मिक अनुमति माग गर्दै शुक्रबार आवेदन दिएका थिए । दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको छ ।

परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोभिड–१९ को भाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो ।

खोप लिएपछि भाइरुसविरुद्ध लड्न शरीरले एन्टीबडी बनाउने जनाइएको छ । फाइजरले यो वर्षको अन्त्यसम्ममा उक्त खोप ५ करोड डोज उत्पादन गरिने जनाएको छ ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गरिने जनाइसकेको छ । डा. स्लावीले सीएनएनसँगको कुराकानीमा अनुमति पाएको दुई दिनमै खोप दिन सकिने बताए । डा. स्लावीका अनुसार खोप कसलाई दिने भन्ने निर्णय सम्बन्धित राज्यहरूले गर्नेछन् । तर स्वास्थ्यकर्मी तथा पाका उमेर समूहका मानिसहरूलाई प्राथमिकता दिइने जनाइएको छ ।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…