प्रधानमन्त्री चढेको हेलिकप्टर ल्याण्ड हुन नसकेपछि कार्यक्रम रद्द

इलाम । इलामको सन्दकपुर गाउँपालिकाको जौबारीमा स्थापित प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रद्द भएको छ । मौसममा खराबी आएपछि प्रधानमन्त्री ओली चढेको हेलिकप्टर इलाममा ल्याण्ड हुन नसकेपछि कार्यक्रम रद्द गरिएको हो ।

कार्यक्रम रद्द भएसँगै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने जौबारीमा भेला भएका कार्यकर्ता, स्थानीय, जनप्रतिनिधिलगायतका सहभागी निराश भएर फर्किएका छन् । प्रधानमन्त्रीको सुरक्षार्थ चार वटा सुरक्षा निकायका टोली कार्यक्रमस्थलमा परिचालित गरिएको थियो ।

कार्यक्रमका लागि स्थानीय जनप्रतिनिधि, विभिन्न कार्यालय प्रमुख, पत्रकार, स्थानीय गरी पाँच सयभन्दा बढीको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।

नेपाल–भारतको सीमा क्षेत्र निरीक्षणका लागि माईजोगमाई र सन्दकपुर गाउँपालिकाको सिमानामा पर्ने जौबारीमा प्रधानमन्त्री ओली दिउँसो एक बजे आउने समय तय भएको थियो ।

पालिकाकी उपाध्यक्ष शोभा पराजुलीले भन्नुभयो, ‘मौसमको कारण देखाउँदै हेलिकप्टर विराटनगरमा ल्याण्ड भएपछि कार्यक्रमलाई प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सम्बोधन गर्दै समापन गर्नुभयो ।’

गएको मङ्सिर ५ र ७ गते तय भएको कार्यक्रम दुई पटक रद्द गरी आइतबारका लागि समय तय भएको थियो । मौसमले साथ नदिएपछि ओली जौबारी आइ नपुगेको बताइएको छ ।

इलाममा एक बजे आइपुग्ने भनिए पनि ताप्लेजुङबाट कार्यक्रम सकेर प्रधानमन्त्री ओली सवार हेलिकप्टर एक बजे मात्रै इलामतर्फ उडेको उपाध्यक्ष पराजुलीले बताउनुभयो ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…