भुटानमा चीनको एउटा सिंगै गाउँ !

थिम्पु  । चिनियाँ एक पत्रकारले गरेको ट्वीटका कारण चीन र भुटानबीच नक्साको बारेमा तनाब सिर्जना हुने शंकेत देखिएको छ ।

विवादित सीमा क्षेत्र डोक्लम नजिकै चिनियाँ एउटा गाउँ रहेको भन्दै स्याटेलाइटबाट खिचिएको गाउँको फोटो ती पत्रकारले सार्वजनिक गरेपछि अनेक आशंका उत्पन्न भएको छ । ट्वीटरमार्फत सार्वजनिक गरिएको उक्त फोटो लगत्तै डिलिट गरिए पनि यसबारे थप विवाद र विरोधाभाष उत्पन्न भएको छ ।

ती पत्रकारका अनुसार चिनियाँ भनिएको उक्त गाउँ भुटानको सिमानाभन्दा २ किलोमिटर भित्र रहेको छ । भुटानले भने आफ्नो भूभागमा चिनियाँ गाउँ रहेको दावीलाई अस्वीकार गरेको छ ।

‘भुटानी भूमिमा कुनै पनि चिनियाँ गाउँ छैन,’ भारतका लागि भुटानी दूत मेजर जनरल भी नाम्ग्यालले बताएका छन् ।

चिनियाँ सरकारी टिभी सीजीटीएन नेटवर्कका वरिष्ठ पत्रकार शेन शिवेइले यस्तो दावी गरेका हुन् । उनले ट्वीटरमा चिनियाँ गाउँ देखिने तीन वटा तस्बिर सार्वजनिक गरेका थिए ।

‘अब हामीसँग स्थायी बसोबास भएको भर्खरै स्थापित भएको पांग्दा गाउँ छ, यो तिब्बतबाट ३५ किलोमिटर दक्षिणतर्फ उपत्याकाको छेउमा अवस्थित छ । यहाँ यसको लोकेसन देखाउन नक्सा छ,’ शेनले ट्वीट गरेका थिए ।

तर उनले पछि आफ्नो ट्वीट हटाइसकेका छन् । डोक्लम क्षेत्र त्यस्तो द्वन्द्वग्रस्त क्षेत्र हो, जहाँ २०१७ मा चीन र भारतबीच दोहोरो भिडन्त भएको थियो ।

स्याटेलाइट दृश्यका विज्ञ नाथान रुसरले भने त्यो गाउँ भुटानको सिमानाको २ किलोमिटर भित्र रहेको प्रतिक्रिया दिए । भुटानका वरिष्ठ पत्रकार तेन्जिङ लाम्साङले भने उक्त स्याटेलाइटको फोटो गुगलका आधारमा खिचिएको बताए ।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…