उड्ने बढेपछि अब मूल्य पनि बढ्दै, आन्तरीक पर्यटकको आर्कषण ह्वात्तै

रिना थापा 

लामो समयको बन्दाबन्दीपश्चात् पोखराका प्याराग्लाईडिङ कम्पनीले सस्तो दरमा उडान प्याकेज ल्याएसँगै आन्तरीक पर्यटकको आर्कषण ह्वात्तै बढ्यो । विशेषत स्थानीयहरुले यो वर्ष प्याराग्लाईडिङको मज्जा राम्रैसँग लिए । अधिकतम ३ हजार रुपैयाँसम्म प्याराको उडान मज्जा लिन सकिने भएपछि पोखरेली मात्रै होईन अन्य जिल्लाका पर्यटकको लर्को लागिरहेको छ । तर जब विस्तारै प्याराग्लाईडिङका लागि जाने मानिसहरुको चाप दैनिक बढ्न थाल्यो तब व्यवसायीहरु मूल्य पुरानै अवस्थामा फर्काउने तयारीमा लागेका छन् ।

कोरोना महामारी अगाडि प्याराग्लाईडिङको मूल्य नेपालीका लागि ७ हजार र विदेशिका लागि ८ हजार थियो । महामारीले थलिएको पर्यटन क्षेत्रलाई ब्युताँउने भन्दै व्यवसायीले यो मूल्य अधिकतम घटाउँदै ग्राहक तान्न सफल बनेका थिए । जसका कारण हाल सराङकोटबाट दैनिक ५ सय जनाभन्दा बढीले कावाखाँदै प्याराग्लाईडिङको मज्जा लिईरहेका छन् ।

नेपाल हवाई खेलकुद संस्थाका महासचिव बलराम आचार्यका अनुसार अहिले बाह्य जिल्लाका पर्यटक नै बढी संख्यामा पोखराको प्याराग्लाईडिङको आनन्द लिने छन् ।

उनका अनुसार प्याराग्लाईडिङ गर्ने कुल संख्यामध्ये ८० प्रतिशत बाह्य जिल्लाबाट छन् भने अन्य २० प्रतिशत पोखरा र पोखरा नजिकका रहेका छन् । आजकल काठमाडौं, बुटवल, चितवनबाट बढी पर्यटक आउने गरेको संस्थाले जनाएको छ । संघका महासचिवका अनुसार शुक्रबार र शनिबार पर्यटकको चाप धान्ने नसक्ने अवस्थामा रहेको छ ।

आचार्यका अनुसार पर्यटकीय गतिविधि भएको छ भन्ने सन्देश दिनमात्र नाफा नराखी उडान गरिएको हो । उनको भनाई पर्यटकका लागि सुखद र ठप्प बनेको पोखराको पर्यटन उद्योगका लागि आशातीत रहेपनि अब फेरी प्याराग्लाईडिङलाई छुटको मूल्यमा दिन नसकिने छ । जसले प्याराग्लाईडिङका लागि पोखरा जानुपर्छ भन्नेका लागि दाँतमा ढुङगा लागेजस्तै बनेको छ ।

‘अहिले कम्पनी सरभाईब गर्ने बाटोमात्र हो,नाफा भने छैन । अब विस्तारै पहिलेको मूल्यमा उडान गराउन सुरु गर्ने हो,’ आचार्यले बताए ।सरकारी अनुमति पाएसँगै गत असोज ५ गतेदेखि पोखरा व्यवसायीक उडान सुरु गरिएको थियो । कम्पनीले असोज ५ गतेदेखिका उडानमा ३ हजार रुपैयाँमा सजिलै बुकिङ लिने गर्थे । हाल सो मूल्यमा पाँच सय बढाईएको छ । यद्यपि संस्थाले भने अहिलेको छुट अफरले कम्पनीलाई केही नाफा नभएको बताउँदै आएका छन् ।

पोखरामा कोरोना संक्रमितको संख्या भने दिनप्रतिदिन बढ्दो छ । तर पर्यटकको चापले संक्रमणको झन खतरा भएपनि स्वास्थ्य सुरक्षा सर्तकताका लागि भने कम्पनी, पर्यटक र पाइलट भने संवेदनशिल देखिएका छैनन् । संस्थाले भने कम्पनीलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध र पत्राचार गरिरहेको जनाएको छ ।

पर्यटनको चाप बढेसँगै उडान संस्थाले कम्पनीलाई उडानका लागि समयतालिका प्रदान गरेको छ । साढे ९ , १० र ११ बजे गरि तिन समय विभाजन गरेको छ । यही तालिका अनुसार दिनमा ३ राउन्ड छुट्टाईएको छ । तर १ कम्पनीले २ राउन्डमात्र उडाउदै आएका छन् ।

पोखरामा हवाई खेलकूद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३ सय ३८ प्यारापाइलट छन् जसमा १२ जना महिला छन् । त्यस्तै ६१ प्याराग्लाइडिङ कम्पनी मध्ये ११ कम्पनीले बन्दाबन्दीपछि उडान गराइरहेका छन् । कम्पनीले वार्षिकरुपमा पोखरा महानगरपालिकालाई २५ हजार, क्यानलाई भ्याट सहित ७५ हजार कर बुझाउदै आइरहेको छ । त्यस्तै गण्डकी प्रदेश सरकारले कम्पनीबाट वार्षिक १ लाख करको माग गरेको छ । कम्पनी र हवाई उडान संस्थाले प्रदेशको मागमा आपत्ती जनाएका छन् ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…