नेकपालाई दुर्घटनाबाट जोगाउन यी नेता सक्रिय

काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीलाई दुर्घटनाबाट जोगाउन समय घर्किदैछ । १३ मंसिरका लागि डाकिएको सचिवालय बैठक अगावै कुनै सहमतिको बिन्दु ननिस्किए गम्भीर अवस्था आउन सक्छ । त्यसैले यसबीच नेकपाको एकता जोगाउन शिर्ष देखि दोस्रो र तेस्रो पुस्ताका नेताहरुको दौडधुप चलेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड वारपारको लडाईमा छन् । दुवैमा राजहठ बढेको छ । आ आफ्नो अडानबाट पछि नहट्ने संकेत दिइसकेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल पनि टसमस हुने देखिदैनन् । वामदेव गौतमले त ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रतिज्ञा गरेको सुनिदैछ । झलनाथ खनाल अब पछि हटिदैन भन्दैछन् । यस्तो अवस्थामा एकता जोगाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय छन् ।

प्रधानमन्त्री ओलीका विश्वासपात्रहरुमध्ये स्थायी कमिटी सदस्य सुवास नेम्वाङको सक्रियता बढेको छ । उनी कहिले खुमलटार त कहिले धुम्बाराही पुगेर प्रचण्डलाई भेट्न छाडेका छैनन् ।

कोटेश्वर पुगेर माधवकुमार नेपालसँग पनि भेट्छन् । जसरी हुन्छ पार्टी फुट्न नदिने पक्षमा नेम्वाङ उभिएका छन् । उनले सम्भावित संसद बिघटन र मध्यावधि चुनाव घोषणाको सम्भावना टारेको बुझिएको छ ।

ओलीका विश्वासपात्रमध्ये महासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल निकै सक्रिय छन् । पौडेलले आजै धुम्बाराहीमा प्रचण्डसँग भेटे । उनले अवस्था निकै गम्भीर भएको सुनाए ।

पौडेलले भैंसेपाटीमा छिमेकी बामदेव गौतमलाई पनि भेटेर सहमतिको पहल गर्न आग्रह गरे । शंकर पोखरेलले पनि प्रचण्डलाई पटक पटक भेटेका छन् ।

पछिल्लो समय ईश्वर पोखरेल पनि सक्रिय भएका छन् । उनले पनि आज धुम्बाराहीमा प्रचण्डलाई भेटेका छन् । पोखरेल पार्टी फुट जोगाउन यसअघि खासै सक्रिय थिएनन् । एकाएक सक्रिय भए ।

नेकपालाई दुर्घटनाबाट जोगाउन राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय भएकी छिन् । उनले उक्त पदमा बसेर खुलेआम यो भूमिका निर्वाह गर्न त मिल्दैन तर जुन पार्टीमा लामो राजनीतिक जीवन बिताइन् त्यसको नाजुक हालत हेर्न नसकेर बचाऊमा लागेकी छिन् ।

भण्डारीले पटक पटक प्रधानमन्त्री ओलीसँग शितलनिवासमा परामर्श गरेकी छिन् । प्रचण्ड, बामदेव गौतम देखि वर्षमान पुनसमेतलाई बोलाएर सहमतिको आग्रह गरेकी छिन् ।

चिनियाँ राजदूत होउ यान्छीले पनि नेकपा नेताहरुसँग कुराकानी बढाएकी छिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै भेटेकी छिन् । यान्छीले यसअघि नेकपाभित्र संकट आउँदा पनि शिर्ष नेताहरुसँग भेटेर सहमतिको आग्रह गरेको खुलेको थियो । यसपटक पनि उनले सक्रियता बढाएकी छिन् ।

नेकपाभित्र दोस्रो पुस्ताका योगेश भट्टराई र घनश्याम भुषाल समेत पार्टीलाई जोगाउन सक्रिय छन् । उनीहरु माधव नेपाल र बामदेव गौतमसँग सम्पर्कमा बसेर सहमतिको प्रयास गरिरहेका छन् ।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…