राष्ट्रिय क्रिकेट टिमको फिटनेस ट्रेनरमा हतकर नियुक्त

७ मंसिर, काठमाडौं । यही मंसिर १० गतेदेखि सुरु हुन लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले फिटनेस ट्रेनर नियुक्त गरेको छ । क्यानले भारतीय आशय हतकरलाई बन्द प्रशिक्षण शिविरका लागि फिटनेस ट्रेनरको रुपमा नियुक्त गरिएको जनाएको छ ।

हतकर भारतको ‘ओलम्पिक गोल्ड क्वेस्ट’ नामक संस्थाको सहायक स्ट्रेन्थ एण्ड कन्डिसनिंग कोच रहेर काम गरिसकेका छन् । फिटनेस क्षेत्रमा उनको १२ वर्षको अनुभव रहेको छ ।

क्यानले बन्द प्रशिक्षणका लागि यसअघि नै २२ खेलाडीको सूची सार्वजनिक गरिसकेको छ र मंसिर ८ गते सबैको कोरोना पिसिआर परिक्षण गरिने छ । पिसिआर नेगेटिभ आउनेलाई मात्रै प्रशिक्षणमा समावेश गरिने क्यानले जनाएको छ ।

क्यानले मंसिर दोस्रो साता राष्ट्रिय क्रिकेट टिमले नयाँ प्रशिक्षक पाउने यसअघि जनाइसकेको छ । यद्यपी बन्द प्रशिक्षणका लागि भने जगत टमाटालाई प्रशिक्षण तोकिएको छ ।

कोरोना भाइरस महामारीले गर्दा नेपाली क्रिकेट टिमले लामो समयदेखि प्रशिक्षण गर्न पाएका छैनन् । तर सरकारले खेलकुद प्रशिक्षणका लागि अनुमति दिएपछि क्यानले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई मध्यनजर गर्दै बन्द प्रशिक्षण शिविर संचालन गर्न लागेको हो ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…