देशभरिका २ सय बढी प्रतिष्पर्धीहरुलाई दाङकी डा. निगाता केसी मिस नेपालको फाइनलमा

देशभरिका २ सय बढी प्रतिष्पर्धीहरुलाई उछिनेर दाङकी चेली डा. निगाता मिस नेपाल २०२० को फाइनलमा पुग्नु भएको छ ।

नेतृत्व विकास, व्यक्तित्व विकास, महिला सशक्तिकरणलगायत अन्य जीवन व्यवहार सम्बन्धी सीप र कलाबारे ३ महिने प्रशिक्षण सकाएकी निगाता अन्तिम तयारीका लागि आइतबारदेखि २ हप्तासम्म क्लोज क्याम्पमा जाँदै हुनुहुन्छ ।

क्लोज क्याम्पमा फाइनल राउण्डमा गरिने प्रस्तुतिकरणबारे प्रशिक्षण हुने निगाताले बताउनुभयो ।

द हिडन टिजर्सले आयोजना गरेको मिस नेपाल २०२० मंसिर २७ गते फाइनल हुँदैछ । प्रतियोगितामा विभिन्न विधासहित उपाधिका लागि निगाताले कडा मिहेनत गरिरहनु भएको छ ।

घोराही–१५ रतनपुर निवासी बिष्णुबहादुर केसी र ललिता केसीकी कान्छी छोरी डा.निगाता पढाइ लगायत अन्य क्षेत्रमा उत्तिकै अब्बल हुनुहुन्छ ।

कला क्षेत्रमा विशेष रुचि राख्ने निगाताले चिकित्सा विषयमा एमबिबिएस गर्नुभएको छ ।

वहुप्रतिभाशाली एवं आकर्षक व्यक्तित्वकी धनी २४ वर्षीया निगाताको उचाइ ५ फिट ५ इन्च छ ।

भविष्यमा छाला रोग विशेषज्ञ बनेर एसिड आक्रमण पीडितहरुको सेवा र उपचारमा संलग्न हुने डा.निगाताको लक्ष छ ।

आफ्नो लक्ष र सपना पूरा गर्न मिस नेपालमा सहभागी भएको बताउने निगाता प्रतियोगितामा विभिन्न बिधासहित उपाधिको लागि अन्तिम प्रतिष्पर्धा गर्दैहुनुहुन्छ ।

प्रतियोगिताको अन्तिम तयारी चलिरहँदा आयोजक हिडन टिजर्सले मिस पपुलर च्वाइस अवार्डको लागि मतदान खुल्ला गरेको छ ।

यो अवार्डका लागि निगाताले आफूलाई भोट गर्न सबैलाई अपील गर्नु भएको छ । आइएमइ पे एप डाउनलोड गरी सो मार्फत प्रतिष्पर्धी नं. ७ की निगातालाई भोट गर्न सकिन्छ ।

मिस नेपाल २०२० को फाइनलमा २१ जना प्रतिष्पर्धीहरु छन ।

भर्खरै प्रकाशित

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन…

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…