विनाअक्सिजन एक्लै सगरमाथा चढ्ने भारतीय नागरिकको घोषणा

६ मंसिर, काठमाडौं । भारतको उत्तरप्रदेशका २७ वर्षीय युवक अर्जुन वाजपईले आगामी मे महिनामा विनाअक्सिजन एक्लै विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने घोषणा गरेका छन् ।

१० वर्ष पहिला सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गर्ने भारतीय नागरिकको पहिचान बनाएका उनले फेरि सगरमाथा चढ्ने योजना बनाएका हुन् ।

त्यतिबेला उनी १६ वर्षका थिए र एउटा आरोहण दलको सदस्यको रुपमा सगरमाथा चढेका थिए । यस अगाडि उनले नेपालका झण्डै आधा दर्जन हिमालको आरोहण गरिसकेका छन् ।

‘कोभिड–१९ का कारण मैले यस वर्षको लागि निर्धारित सबै कार्यक्रम अर्काे वर्षको लागि सार्नु परेको छ । म सफल भएँ भने एक्लै सगरमाथा चढ्ने म पहिलो भारतीय नागरिक हुनेछु,’ उनले द हिन्दुस्तान टाइम्स पत्रिकासँग भनेका छन् ।

एक्लै चढ्नका लागि नेपालले अनुमति नदिए चीन तर्फबाट सगरमाथा चढ्ने उनको योजना छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…