पहिलो फाएर केपी ओलीले खाेलेका हुन्, प्रचण्डले त रिप्लाई मात्रै दिए : माधव नेपाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझ जटिलतातर्फ लम्किँदैछ । अन्तरसङ्घर्षले कतै विभाजनमा पुगेर विश्राम लिने त होइन भन्ने आशङ्का पनि छँदैछ ।

पार्टी महासचिव विष्णु पौडेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै प्रस्ताव फिर्ता लिएर संवादमा बस्न आग्रह गरेका छन् । शुक्रबार मात्रै संसदीय दलका उपनेता सुवास नेम्वाङले त्यही आग्रह गरे । प्रचण्डले पार्टी एकताको जुइनो खुस्किइनसकेको जवाफ दिएर पठाए ।

सचिवालय बैठकमा बोल्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजलाई निकै घटिया आरोप बताए । “यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छनाहरू जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु ।

यसभन्दा अगाडि यस स्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, शायद अरु कसैको थिएन । कहिल्यै कसैले यस्ता आरोपहरु लगाएको यस ढंगले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइनँ,” उनले सचिवालय बैठकमा भनेका थिए ।

तर, वरिष्ठ नेता माधवकुमार नेपाल आरोपको सिलसिला प्रधानमन्त्री ओलीबाटै सुरु भएको बताउँछन् । फायर प्रधानमन्त्रीबाटै खोलिएको नेता नेपाल बताउँछन् ।

“अहिले फायर केपी ओलीले सुरु गरेको हो, पार्टी अध्यक्ष ओलीलाई हामी पाँचजनाले सही गरेर चिट्ठी दिनुपर्ने अवस्था किन आयो ? किन बन्यो ? यसको कारण खोज्नु पर्दैन ?

उहाँ खोज्नुहुन्न,” नेता नेपालले सञ्चारकर्मीहरूसँगको भेटमा भने, “उहाँले बैठक बोलाउन चाहनुभएन । प्रचण्ड हत्तु हुनुभयो । ओली भन्नुहुन्छ– पहिले सहमति गरौं । त्यस्तो पनि हुन्छ ? सहमति, सहमति होइन, बैठक अनिवार्य शर्त हो ।”

पाँचपाँचजना नेता बैठकको माग गर्न जाँदा ओलीले अपमान गरेको पनि बताए । लिखित पत्र बुझाउनुपर्ने अवस्थाको कारण खोतल्नुको सट्टा दस पेजको आरोपपत्र तयार पारेको बताए । “आरोपपत्र उहाँले सुरु गरेको हो,” उनले सञ्चारकर्मी सामु दोहोर्याउँदै भने, “प्रचण्डलाई मात्रै होइन, सचिवालयका पाँचै जनालाई आरोप लगाउनुभएको छ । प्रचण्ड कमरेडले त्यसको प्रतिवाद मात्रै गर्नुभएको हो ।”

१९ पृष्ठको प्रतिवेदनमा कुनै गल्ती भए बैठकमै आएर छलफल गर्नुपर्ने नेपालको भनाइ छ । “उहाँ ३८ पेजको तयारी गर्नुहुन्छ भनेर अर्कोले ७६ पेजको तयारी गर्छ,” उनी भन्छन् ।

नेता नेपालले प्रस्ताव फिर्ता होइन कमिटीमा छलफल हुने पनि जानकारी दिए । सचिवालयको अर्को बैठक मङिसर १३ गतेलाई तय भएको छ ।

भर्खरै प्रकाशित

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…

निशा घिमिरेको स्वास्थ्यमा धेरै सुधार : ह्विल चेयरमा बस्न सक्ने…

काठमाडौं । उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो । अस्पतालले मंगलबार…